सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान ढिलासम्म सुत्ने बानी छ, यी टिप्स फलो गर्नुहोस् !

बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म पनि निद्रा खुल्दैन । हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं । त्यसैले हरेक दिन यी टिप्स अपनाउनुस्, जसले बिहान चाँडै उठ्नमा मद्दत गर्नेछ ।

१. अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र सुन्नियोस् र त्यसलाई बन्द गर्न आफै उठ्नुपरोस् । एकपटक ओछ्यानबाट उठिसकेपछि निद्रा आफै हराएर जान्छ ।

२. आफु सुत्ने कोठाको तापक्रम १८ देखि २२ डिग्री सेल्सियसकाबीच राख्नुस् । यसले रातको समयमा बेलाबेलामा निद्रा खुलाउछ र बिहान चाडै उठ्नमा सहयोग पुग्छ ।

World Link Ads
Mahakali Polytechnic

३. विहानको अर्लामिङ समय ५, ५ मिनेटको दरले कम गर्नुस् । हरेक दिन यसो गर्नाले बिहान चाँडो उठ्ने बानीको विकास हुन्छ ।

Dirghayu Ads
Sana Kishan

४. सुत्नुअघि आफैलाई प्रेरित गर्नुस् । बिहान चाडो उठ्नुछ भन्दै आफैले आफैलाई प्रेरित गर्नु्स् ।

५. सुत्नुअघि विद्युतिय सामान ओछ्यानबाट टाढा राख्नुस् । राती सुत्दाखेरी मोवाइल तथा ल्यापटमसंगै राखेर तथा चलाएर ओछ्यानमा बस्नाले निद्रा हराउछ र बिहान चाँडो उठ्न सकिदैन ।

६. रातको समयमा प्रोटिनयुक्त तथा क्षमताभन्दा बढि खानेकुरा नखानुस् । धेरै खाना खाएमा निद्रा चाँडो आउँछ र बिहान ढिलासम्म सुत्ने हुन्छ ।

७. बिहानको अर्लाम बजिसकेपछि स्नुज बटम नदबाउनुस् र अर्लाम बज्नेवित्तिकै उठ्ने बिनी बसाल्नुस् ।

८. सुत्नुअघि चिया र कफि पिउने बानी साह्रै नराम्रो । यदि यस्तो बानी छ, भने सुत्नुअघि आजैदेखि बन्द गर्नुस् र बिहान चाँडै उठ्ने बानी बसाल्नुस् । नयाँ पुस्ता बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.