Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माछामासु धेरै खाने बच्चामा मोटोपनको सम्भावना हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हुन त हिजोआज माछामासु नखाने व्यक्ति कमै हुन्छन् । परिवारका सदस्य मांसाहारी भएपछि बालबालिकामा पनि त्यसको प्रभाव पर्ने भइहाल्यो । शाकाहारी परिवारको संख्या पनि पछिल्लो समय उल्लेख्य छ । अन्य खानेकुरा जस्तै मासु र मासुजन्य खानेकुरा पनि स्वास्थ्यका लागि आवश्यक हुन्छ ।

वैज्ञानिकहरुको पछिल्लो अध्ययन अनुसार मांसाहारी बालबालिकाको तुलनामा शाकाहारी बालबालिकाको तौल कम हुने देखिएको छ । क्यानडाको टोरन्टोस्थित सिन्ट मिसेल्स हस्पिटलले गरेको सर्वेक्षणले मांसाहारी बालबालिकाको तुलनामा शाकाहारी बालबालिकाको तौल कम हुने सम्भावना ९४ प्रतिशतसम्म हुने बताएको छ ।

दुईदेखि पाँच वर्षसम्मका बालबालिकामा गरिएको सर्वेक्षणले खानपानका कारण वजन कम र बढी हुने गरेको देखिएको हो ।

सर्वेक्षणमा ९ हजार बालबालिकालाई सहभागी गराइएको थियो । जसमा २५० जना शाकाहारी थिए । शाकाहारी बालबालिकाको उचाइ, बडी मास इन्डेक्सन र पोषणको मात्रा बराबर भए पनि शाकाहारी बालबालिका जत्तिकै थियो । तर उनीहरुको वजन भने मांसाहारी बालबालिकाको तुलनामा कम हुने सम्भावना ९४ प्रतिशतसम्म कम रहन सक्ने पाइयो ।

सर्वेक्षणमा सहभागी भएका ८ हजार ७ सय बालबालिकामध्ये ७८ प्रतिशतको वजन उमेर अनुसार सही रहेको पाइयो । शाकाहारी बालबालिकामा सही वजन हुने ७९ प्रतिशत थिए । उमेर अनुसारको वजन परीक्षण गर्दा मांसाहारीमा जम्मा तीन प्रतिशत बालबालिकाको वजन मात्रै कम रहेको पाइयो भने शाकाहारीको ६ प्रतिशत ।

 

यसैलाई आधार मानेर वैज्ञानिकले मांसाहारी बालबालिकाको तुलनामा शाकाहारी बालबालिकाको तौल न्यून हुने सम्भावना ९४ प्रतिशतसम्म रहेको निष्कर्ष निकालेका छन् ।

मांसाहारी बालबालिकामा मोटोपनको समस्या देखिने अध्ययनले बताएको छ । यसको कारण शाकाहारी खानामा न्युट्रेसनको कमी हुने गरेको पाइएको छ । अध्ययनले सबैभन्दा बढी शाकाहारी बालबालिका एसियामा रहेको उल्लेख गरेको छ । यसको कारण वजन कम हुने सम्भावना धेरै रहन्छ ।

अध्ययनमा संलग्न बालरोग विशेषज्ञ डा. जोनाथन मैगुरीले अमेरिका तथा भारतजस्ता देशमा बालबालिकाको विकासको सूचक फरक–फरक भएको बताएका छन् ।

जस्तै भारतजस्ता देशमा पाँच वर्षका बालबालिकाको तौल १७ किलो र उचाइ १०८ सेन्टिमिटर हुनुपर्छ भने अमेरिकामा तौल १८ किलो हुनुपर्छ ।

पोषणविद् डा. मनसा ठकुराठी बालबालिकामा प्रोटिनजन्य खानेकुराको कमी भएमा तौल कम हुने सम्भावना रहने बताउँछिन् ।

‘मांसाहारी बालबालिकाको तुलनामा शाकाहारीको तौल कम हुन्छ भन्ने कुरा बालबालिकाको खानपानमा भर पर्छ । प्रशस्त मात्रामा प्रोटिन पाइने खानेकुरा खुवाउने गरेमा बालबालिकामा तौल कम हुने समस्या आउँदैन,’ ठकुराठी भन्छिन् ।

तौल बढ्न मांसपेशी र रगतको मात्रा बढ्नुपर्ने भएकाले स्वस्थ रहन सागसब्जी, गेडागुडी, दाल, दूध र दूधजन्य पदार्थहरुको सेवन गर्नुपर्ने उनी बताउँछिन् । बालबालिकामा मात्रै नभई हरेक शाकाहारी व्यक्ति मांसाहारीको तुलनामा स्वस्थ रहने डा. ठकुराठीको भनाइ छ ।

‘प्रोटिनजन्य खानेकुराले शरीरको तौल बढाउँदैन, उचाइ बढाउन पनि मद्दत गर्छ,’ उनी भन्छिन्, ‘शरीरलाई आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुरा सेवन गरे स्वास्थ्यमा समस्या आउँदैन ।’ अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३
नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

भदौ १४, २०८३
अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व