सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माछामासु धेरै खाने बच्चामा मोटोपनको सम्भावना हुन्छ ?

हुन त हिजोआज माछामासु नखाने व्यक्ति कमै हुन्छन् । परिवारका सदस्य मांसाहारी भएपछि बालबालिकामा पनि त्यसको प्रभाव पर्ने भइहाल्यो । शाकाहारी परिवारको संख्या पनि पछिल्लो समय उल्लेख्य छ । अन्य खानेकुरा जस्तै मासु र मासुजन्य खानेकुरा पनि स्वास्थ्यका लागि आवश्यक हुन्छ ।

वैज्ञानिकहरुको पछिल्लो अध्ययन अनुसार मांसाहारी बालबालिकाको तुलनामा शाकाहारी बालबालिकाको तौल कम हुने देखिएको छ । क्यानडाको टोरन्टोस्थित सिन्ट मिसेल्स हस्पिटलले गरेको सर्वेक्षणले मांसाहारी बालबालिकाको तुलनामा शाकाहारी बालबालिकाको तौल कम हुने सम्भावना ९४ प्रतिशतसम्म हुने बताएको छ ।

दुईदेखि पाँच वर्षसम्मका बालबालिकामा गरिएको सर्वेक्षणले खानपानका कारण वजन कम र बढी हुने गरेको देखिएको हो ।

World Link Ads
Mahakali Polytechnic

सर्वेक्षणमा ९ हजार बालबालिकालाई सहभागी गराइएको थियो । जसमा २५० जना शाकाहारी थिए । शाकाहारी बालबालिकाको उचाइ, बडी मास इन्डेक्सन र पोषणको मात्रा बराबर भए पनि शाकाहारी बालबालिका जत्तिकै थियो । तर उनीहरुको वजन भने मांसाहारी बालबालिकाको तुलनामा कम हुने सम्भावना ९४ प्रतिशतसम्म कम रहन सक्ने पाइयो ।

सर्वेक्षणमा सहभागी भएका ८ हजार ७ सय बालबालिकामध्ये ७८ प्रतिशतको वजन उमेर अनुसार सही रहेको पाइयो । शाकाहारी बालबालिकामा सही वजन हुने ७९ प्रतिशत थिए । उमेर अनुसारको वजन परीक्षण गर्दा मांसाहारीमा जम्मा तीन प्रतिशत बालबालिकाको वजन मात्रै कम रहेको पाइयो भने शाकाहारीको ६ प्रतिशत ।

 

यसैलाई आधार मानेर वैज्ञानिकले मांसाहारी बालबालिकाको तुलनामा शाकाहारी बालबालिकाको तौल न्यून हुने सम्भावना ९४ प्रतिशतसम्म रहेको निष्कर्ष निकालेका छन् ।

Sana Kishan

मांसाहारी बालबालिकामा मोटोपनको समस्या देखिने अध्ययनले बताएको छ । यसको कारण शाकाहारी खानामा न्युट्रेसनको कमी हुने गरेको पाइएको छ । अध्ययनले सबैभन्दा बढी शाकाहारी बालबालिका एसियामा रहेको उल्लेख गरेको छ । यसको कारण वजन कम हुने सम्भावना धेरै रहन्छ ।

अध्ययनमा संलग्न बालरोग विशेषज्ञ डा. जोनाथन मैगुरीले अमेरिका तथा भारतजस्ता देशमा बालबालिकाको विकासको सूचक फरक–फरक भएको बताएका छन् ।

जस्तै भारतजस्ता देशमा पाँच वर्षका बालबालिकाको तौल १७ किलो र उचाइ १०८ सेन्टिमिटर हुनुपर्छ भने अमेरिकामा तौल १८ किलो हुनुपर्छ ।

पोषणविद् डा. मनसा ठकुराठी बालबालिकामा प्रोटिनजन्य खानेकुराको कमी भएमा तौल कम हुने सम्भावना रहने बताउँछिन् ।

‘मांसाहारी बालबालिकाको तुलनामा शाकाहारीको तौल कम हुन्छ भन्ने कुरा बालबालिकाको खानपानमा भर पर्छ । प्रशस्त मात्रामा प्रोटिन पाइने खानेकुरा खुवाउने गरेमा बालबालिकामा तौल कम हुने समस्या आउँदैन,’ ठकुराठी भन्छिन् ।

तौल बढ्न मांसपेशी र रगतको मात्रा बढ्नुपर्ने भएकाले स्वस्थ रहन सागसब्जी, गेडागुडी, दाल, दूध र दूधजन्य पदार्थहरुको सेवन गर्नुपर्ने उनी बताउँछिन् । बालबालिकामा मात्रै नभई हरेक शाकाहारी व्यक्ति मांसाहारीको तुलनामा स्वस्थ रहने डा. ठकुराठीको भनाइ छ ।

‘प्रोटिनजन्य खानेकुराले शरीरको तौल बढाउँदैन, उचाइ बढाउन पनि मद्दत गर्छ,’ उनी भन्छिन्, ‘शरीरलाई आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुरा सेवन गरे स्वास्थ्यमा समस्या आउँदैन ।’ अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.