Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दैनिक कति कपसम्म चिया–कफी पिउँदा राम्रो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ११, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै–कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया–कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा÷बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका छन् । चीनका अनुसन्धानकर्ताले पनि हालसालै यस्तै खाले एक अनुसन्धान गरेका छन् । चीनको तियानजिन मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनले कफी र चिया पिउँदा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने देखाएको छ ।

अनुसन्धानकर्ताले १० देखि १४ वर्ष लगाएर उक्त अध्ययन गरेका हुन् । अध्ययनमा ३ लाख ६० हजार मानिसलाई सहभागी गराइएको थियो । अध्ययनअनुसार दैनिक चिया वा कफी सेवन गर्दा मस्तिष्कघात र डिमेन्सिया (स्मरण शक्ति र तार्किक क्षमता कम हुने रोग) जोखिम कम हुन्छ ।

दिनमा कम्तिमा २ देखि ३ कप कफी, ३ देखि ५ कप चिया वा चिया र कपी दुवै गरी ४ देखि ६ कप पिउने मानिसमा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।

‘हाम्रो निष्कर्षले ठिक्क मात्रामा कफी र चिया दुवै वा कुनै एक मात्रै सेवन गर्दा मस्तिष्कघात र डिमेन्सियाको जोखिम घट्ने देखाउँछ,’ अध्ययनमा संलग्न लेखकले बताए ।

चिया वा कफी मात्रै पिउँदा दुवै जोखिम कम हुन्छन् । तर दैनिक २ देखि ३ कप कफी वा चिया सेवन गर्दा सबैभन्दा प्रभावकारी हुने अध्ययनको ठहर छ । अध्ययनअनुसार दैनिक ३ कप कफी वा चिया पिउने मानिसमा डिमेन्सियाको जोखिम नपिउने मानिसमा भन्‍दा २८ प्रतिशत कम र मस्तिष्कघातको जोखिम ३२ प्रतिशतले कम हुन्छ ।

सन् २००६ देखि २०२० सम्मको अवधिमा बेलायतको यूके बायोबैंक नामक संस्थाद्‍वारा संकलित झण्डै ५ लाखले आफूखुशी दिएको विवरणका आधारमा उक्त अध्ययन गरिएको थियो । यस क्रममा कफी वा चिया सेवनबारे बताएका ५० देखि ७४ वर्षका मानिसको स्वास्थ्य अवस्था हेरिएको थियो ।

यसअघि गरिएका अनुसन्धानले समेत मस्तिष्कको स्वास्थ्यका लागि कफी फाइदाजनक हुने देखाउँछ ।

यसै वर्ष यूके बायोबैंकको तथ्याङ्कका आधारमा गरिएको एक अध्ययनले दैनिक बढीमा ३ कप कफी पिउँदा मुटुसम्बन्धी रोग, मस्तिष्कघात र असामयिक मृत्युको जोखिम कम हुने देखाउँछ । त्यस्तै, दैनिक ३ कप कफी सेवन गर्दा अल्जाइमरको जोखिम समेत कम हुन्छ ।

तर अत्यधिक कफी सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । जुनमा न्युट्रिसनल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउने मानिसमा डिमेन्सियाको जोखिम बढ्छ र मस्तिष्कमा पनि हानि पुग्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३
नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

भदौ १४, २०८३
अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व