Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कस्तो खानेकुरा खाने बर्खायाममा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ९, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अहिले बर्खायाम चलिरहेको छ । यो बेला छिनछिनमा मौसम बदलिरहन्छ । जसकारण एकछिन अगाडि गर्मी हुँदा लगाएको लुगा पानी परेर मौसम चिसो भएसँगै अनुकूल नहुन सक्छ । पहिरनमा जस्तै बर्खायाममा खानामा पनि सचेत हुनुपर्ने अवस्था आउँछ ।

घाम लाग्ने, पानी पर्ने जस्तो मौसम भइरहँदा खानेकुरा खाँदा सर्तकता अपनाउनुपर्छ । यस्तो बेलामा खानपानमा सतर्कता नअपनाउँदा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन् । पोषण्विद् मनसा थापा ठकुराठी भन्छिन्, ‘यो बेलामा छिटो संक्रमण फैलिने भएकाले बासी खानालाई परहेज गर्नुपर्छ ।’

पानी धेरै पर्ने भएकाले यो बेला मौसम ओसिलो भइरहन्छ । जसकारण तिर्खा पनि कम लाग्छ र आवश्यक पानीको परिपूर्ति शरीरमा हुन पाउँदैन । त्यसैले बर्खायाममा प्रशस्त मात्रामा पानी पिउन पोषणविद् ठकुराठी सुझाउँछिन् ।

यो बेला ढिलो पच्ने, तेलमा तारेका खानेकुरा, बढी मसलाजन्य, चिल्लो पदार्थ बढी भएको खाना, मिठाइ लगायत एकदमै कम खानुपर्छ । यो मौसममा आर्द्रता बढी हुने कारण यी खानेकुराले शरीरमा पसिना धेरै आउने हुन्छ । यो बेला पाचनप्रणाली पनि तुलनात्मक रुपमा कम हुन्छ । त्यसैले शरीर अनुकूल खानेकुरा खानु राम्रो हुने ठकुराठी बताउँछिन् ।

‘गर्मी मौसमको खानेकुरा हलुका हुनुपर्छ, यो समयमा शरीरलाई खाना पचाउन गाह्रो हुन्छ । शरीरको तापक्रम बढाउने खानेकुरा बन्द गर्नुपर्छ,’ उनी भन्छिन्, ‘फोहोर वातारवरण तथा फोहोर पानी र खानाले हैजा, आउँ, झाडापखाला जस्ता रोगले सताउन सक्छन् । यो बेलामा सर्तकता अपनाएर खाना खाइएन भने अरु संक्रमण बढाउँछ ।’

पोषणविद् ठकुराठीले बर्खायाममा कस्तो खानेकुरा खानुपर्छ भनेर यसरी सुझाव दिएकी छन् ः

दूधजन्य खानेकुरामा जोड

बर्खायाममा दही सबैभन्दा राम्रो दूधजन्य पदार्थ हो । दहीले पाचनशक्ति पनि बढाउँछ भने स्वास्थ्यमा अन्य हिसाबले पनि राम्रो गर्छ । तर दही सेवन बिहान र दिउँसो मात्रै गर्नुपर्छ । बेलुकी दही खाँदा चिसो लाग्न सक्छ ।

दहीसँगै मोही पनि स्वास्थ्यका लागि उत्तिकै राम्रो हुन्छ । यसमा भरपुर प्रोटिन र पानीको समिश्रणले शरीरलाई फूर्तिलो बनाउँछ ।

गर्मी गराउने खानेकुराबाट टाढा

बर्खायाममा मांसाहारी भन्दा शाकाहारी खानाले शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग गर्छ । शरीरलाई शीतलता प्रदान गर्ने सागसब्जी, सलाद खाँदा लाभदायक हुन्छ । धार्मिक परम्परा अनुसार कतिपय व्यक्तिले असार चर्तुमास सुरु भएदेखि साउन महिनाभरि माछामासु खाँदैनन् । यो स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । यो मौसममा माछा, मासु, अण्डा र अन्य मासुजन्य खानेकुरालाई कम गरेकै राम्रो हुन्छ । कुखुराको मासु, उसिनेको वा पोज बनाएको अण्डा, माछा यो मौसममा खान मिल्ने मांसाहारी खानेकुरा हुन् । खसी, बंगुर र बँदेलको मासुले शरीरको तापक्रम बढाउने भएकाले यसलाई कम गर्नु राम्रो हुन्छ ।

मौसमी फल खाने

मानव शरीरलाई अन्य खाना जस्तै फलफूल पनि अति आवश्यक तत्व हो । फलफूलमा प्रशस्त पानी र फाइबर हुन्छ । यसले पाचन प्रणालीलाई फाइदा गर्छ ।

बर्खायाम आँपको सिजन पनि भएकाले यो बेला अत्यधिक मात्रामा आँप खाने गरिन्छ । तर आँप गर्मी गराउने फल हो । त्यसैले आँप खाँदा सिधै खानु भन्दा आपँको मुखलाई काटेर एकदेखि दुई घण्टा आधा डुब्ने गरेर पानीमा घोप्टो पारेर राखेर खानुपर्छ । यसरी खाएको आँपले शरीरलाई शीतल दिन्छ ।

जमुना, आलुबखडा, चेरी, नास्पाती लगायतका फलफूल तथा हरियो मकै खानु फाइदाजनक हुन्छ ।

कोल्ड ड्रिंक्सबाट टाढा

पहिला गाउँघर होस् वा सहरमा गर्मी मौसममा कागतीको सर्बत, दही, मोही खाने चलन थियो । तर आजभोलि यी कुरालाई बेवास्ता गर्दै शरीरलाई शीतल दिने निहुँमा कोल्ड ड्रिंक्स पिउने संस्कार बसेको छ । कोल्ड ड्रिंक्समा प्रशस्त मात्रामा चिनी र अत्यधिक केमिकलको प्रयोग हुन्छ । यसले शरीरलाई बेफाइदा गर्छ ।

त्यसैले गर्मी छल्नका लागि बोत्तलमा बन्द गरिएका पेय पदार्थ खान सकेसम्म बन्द गर्नुपर्छ । दूधजन्य पेय पदार्थ पहुँचमा नभए पानीमा मिश्री र कागती घोलेर खानु हितकारी हुन्छ ।

गर्मीमा मःम राम्रो हुँदैन

खाजामा मःम नखाने नेपाली सायदै होलान् । तर मःम गर्मी तथा बर्खायाममा त्यति फाइदाजनक हुँदैन, यसले गर्मी बढाउँछ । जाडो मौसमका लागि मःम एकदमै राम्रो हुन्छ । तर गर्मीमा नियमित मःम खाँदा पाचन प्रणालीमा समस्या आउन सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व