Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पिउने पानी यसरी सफा गरौँ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार २५, शनिबार २१:३९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुनजन्य प्राकृतिक विपद्हरूसँगै खानेपानी प्रदूषण भई हैजा लगायत सङ्क्रामक रोग बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । पानीबिना मानिसको जीवनको कल्पनासमेत गर्न सकिँदैन । पिउन, नियमित रूपमा खाना बनाउनदेखि दिएर दैनिक सरसफाइका लागि पानी आवश्यक पर्छ ।

हामीले पिउने तथा प्रयोग गर्ने पानी अशुद्ध भयो भने विभिन्न किसिमका सङ्क्रामकजन्य रोगले सताउन सक्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । अशुद्ध अर्थात् प्रदूषित पानी पिउनाले हैजा, झाडापखाला, जन्डिस, टाइफाइड, हेपाटाइटिस लगायतका सरुवा रोग लाग्न सक्ने उनले बताए ।

बर्खायाम सुरु भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न १० स्थानमा हैजा सङ्क्रमित बिरामी पुष्टि भएको छ । हैजा पुष्टि भएका सबै जनालाई पानीकै माध्यमबाट सङ्क्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यता विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा गरेको एक अध्ययनले पनि प्रदूषित पानीका कारण विश्वमा प्रत्येक वर्ष लाख ८५ हजार मानिसको मृत्यु हुने गर्छ । यस अध्ययनले ५० प्रतिशतभन्दा धेरै विकासोन्मुख राष्ट्रमा प्रदूषित पानीको प्रयोग गरेको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा प्रदूषित पानीका कारण जोखिम रहेको पाइएको छ । काठमाडौँ उपत्यकामा देखिएको हैजाको मूल स्रोत पानी भनिएको छ । धारा, इनार, जार, बोतल, ट्याङ्करमा विक्री वितरण हुने गरेका पानी ढुक्कसँग पिउने अवस्था नरहेको विज्ञहरूले बताएका छन् ।

बजारमा उपलब्ध केही सिल गरिएका जारको पानी अनि मिनिरल वाटरमा समेत स्वास्थ्यलाई हानी पु¥याउने कीटाणु पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बर्खा लागेसँगै पानीका प्राकृतिक स्रोत मानवीय कारण प्रदूषित हुने सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् । उनका अनुसार देख्दा शुद्ध देखिए पनि पानीमा सुक्ष्म जीवाणु हुन सक्छन् । पानी प्रशोधन गरेर धारासम्म पुग्दा, त्यो पानी भाँडामा भनेर राख्दा, ट्याङ्कीबाट सङ्कलन गरेर राख्दा मानिसकै कारणले प्रदूषित हुने सम्भावना रहने उनले बताए । त्यसैले पानी सङ्कलन गरी सफा तरिकाले छोपेर राख्नु पर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार शुद्ध पानीको प्रयोगले झाडापखालामा ३९ प्रतिशत कमी आउन सक्छ । विशेषतः पानी सफा राख्नका लागि पानीको मुहान, इनार, कुवामा समय समयमा सफा गर्नुपर्छ । यस्तै, पानी उमालेर मात्रै पिउनु पर्ने विज्ञहरूको भनाइ छ ।

बर्खाको समयमा जार, धारा, कुवा, मूलको पानी उमालेर पिउन फुर्सद नभएको खण्डमा पानीमा क्लोरिन नामक रसायन मिसाएर शुद्धीकरण गर्न सकिने विज्ञहरु बताउँछन् । यसले पानीमा भएका जीवाणुलाई नष्ट गर्छ ।

यस्तै, बजारमा पीयूष र वाटरगार्ड नाम गरेका क्लोरिनको झोल उपलब्ध हुने भएकाले तिनको प्रयोगबाट पनि पानी शुद्ध बनाउन सकिने डा. पुन बताउँछन् ।

पानी शुद्ध बनाउने विधि

क्लोरिनः एक लिटर पानीमा तीन थोपा पीयूषको झोल राखेर ३० मिनेटपछि पानी पिउन योग्य हुन्छ । क्लोरिन झोललाई बच्चाले भेट्ने ठाउँमा राख्नु हुँदैन । यस्तै, यो झोल शरीरमा परेमा पानीले राम्रोसँग पखाल्नुपर्छ ।

सोडिसः पिउने पानी शुद्धीकरणका लागि निकै सजिलो उपाय हो सोडिस गर्ने प्रक्रिया । यस विधिलाई घरेलु उपाय पनि भनिन्छ । सफा प्लास्टिकको बोतलमा पानी भरेर बिर्को बन्द गरी घाममा दिनभर राख्नुपर्छ । यसरी घाममा पानी राख्दा पराबैजनी किरण र तापले गर्दा पानीको हानिकारक कीटाणु मार्ने गर्छ । यो विधिबाट शुद्धीकरण गर्दा पानी धमिलो भएमा सफा कपडा वा फिल्टरले छानेर मात्रै सोडिस गर्नुपर्छ ।

फिल्टरः पानीलाई फिल्टर गरेर शुद्ध गराउन सकिन्छ । तर, बजारमा पाइने सबै फिल्टरले १०० प्रतिशत पानी शुद्ध बनाउँछ भन्ने हुँदैन । क्यान्डल सहितको दुई भागको फिल्टरले पानी शुद्ध बनाउँछ । पानी फिल्टर गर्दैमा सबै खालका जीवाणु नष्ट नहुन पनि सक्छन् ।

उमाल्ने ः पानीलाई शुद्ध बनाउने सबैभन्दा सरल तरिका भनेको पानी उमाल्ने हो । पिउने पानीलाई कीटाणुरहित बनाउनका लागि कम्तीमा २० देखि २५ मिनेट पानी उमालेर पिउनु पर्छ । माया श्रेष्ठले रातोपाटीमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २५, शनिबार २१:३९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार २५, शनिबार २१:३९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार २५, शनिबार २१:३९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार २५, शनिबार २१:३९
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार २५, शनिबार २१:३९
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार २५, शनिबार २१:३९
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार २५, शनिबार २१:३९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार २५, शनिबार २१:३९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २५, शनिबार २१:३९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व