सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान उठ्नासाथ नगरौं यस्ता गल्ती !!

भनिन्छ, बिहानीको सुरुवात राम्रो हुनुपर्छ । तब दिनभरको पर्फमेन्स राम्रो हुन्छ । तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले हाम्रो दैनिकी खल्लो बनाइदिन्छ ।

त्यतीमात्र होइन, विहान गर्ने कतिपय गल्तीले शरीरलाई अस्वास्थ्य बनाउँछ । मनलाई दुषित तुल्याउँछ । ‘मर्निङ मिस्टेक्स’ले तपाईको दिनलाई मात्र प्रभावित पार्दैन, दीर्घकालिन स्वास्थ्य समस्या पनि निम्त्याउँछ ।

१. हत्तपत्त उठेर काममा लाग्नु

World Link Ads
Mahakali Polytechnic

दिनको आरम्भ बिस्तारै–बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।

२. स्ट्रेचिङ नगर्नु

सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

३. ब्रेकफास्ट नगर्नु

बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ ।

Sana Kishan

ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

४. आँखा खोल्नसाथ मोबाइल चेक गर्नु

बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन ।

५. मुस्कुराउनमा कन्जुस्याँई

तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

६. एक्सरसाइज नगर्नु

धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ ।

७. उठ्नसाथ मलमुत्र त्याग नगर्नु

कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ । अनलाइनखबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.