बैतडी- जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर दुई कठपते नजिकै रहेको सुतेगड निवासी तारा भट्ट ६८ वर्षको उमेरमा बिचल्लीमा परेकी छन् ।
श्रीमान तीन दशक देखि बेपत्ता, सहारा बनेका दुई छोरी पनि पराई घर जाँदा बुढेसकालमा निकै पीडा सहनु परेको छ।

पीडित आमा भन्छिन्, पुरानो घर त्यो पनि वर्षातमा भत्किँदा ओत लाग्ने ठाउँ छैन । बिहान बेलुकी हातमुख जोड्न काम गरेर खान सक्ने आफ्नो अबस्था छैन्। साथ सहयोग कसैको पाएकी छैन।

सदरमुकाम नजिकै निवासी ती आमाले न स्थानीय सरकारको कूनै साथ सहयोग नै पाएकी छन् नत कुनै संघ संस्थाको नै उनी माथि नजर पुग्यो । बस् साथ सहयोग पाउँला कि भनेर ती पीडित आमा ढोकामै कुरेर बसेकी छन्।

(यो समाचार उद्धव सिंह मार्कण्डको सहकार्यमा लेखिएको हो ।)








Discussion about this post