सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षा र हावाहुरीले बैतडीमा मकैबालीमा क्षति

180
Sana Kishan

बैतडी – जिल्लाका विभिन्न स्थानमा गएराती वर्षासंगै आएको हावाहुरीका कारण मकैबालीमा क्षति पुगेको छ।बुधबारराति आएको हावाहुरी तथा वर्षाका कारण मकैबालमा क्षति पु¥याएपछि किसानहरु चिन्तीत भएका छन् ।

हावाहुरीका कारण जिल्लाको सुर्नया गाउँपालिका ४ मा किसानले लगाएका मकै ढलेर काम नलाग्ने भएका छन्।हावाहुरीले लगाएको सबै मकै सखाप पारिदिएको स्थानीय गणेशबहादुर महराले बताए। उनले भने, यहाँको बाली नै यही हो। राति भारी हावाहुरी र वर्षाले सबै मकै सखाप पर्यो। अब कामै लाग्दैन।

Arus
Karnali Traders

बाली लाग्ने समयमा वर्षा संगै आएको हावाहुरीले मकैबालीमा क्षति पु¥याएपछि भोकमरी हुने चिन्ता बढेको सुर्नया २ का स्थानीय नरेन्द्र बिष्टले बताए । सुर्नया गाउँपालिकाका जोगेनी तोला , टिउणेगाउँ , ग्वानी , दोमिल्ला , चाँडी ,ढोले लगायतका विभिन्न टोलमा मकैबालीमा क्षति पु¥याएको छ ।

बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मुख्य खाद्यबालीको रुपमा मकै खेती गरिदै आएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.