सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको डिलाशैनी गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता

63
Sana Kishan

बैतडीको डिलाशैनी गाउँपालिकाले वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले एक सूचना जारी गरेर सम्बन्धित वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्ने काम भइरहेको जनाएको हो । अहिले सम्बन्धित वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भइसकेको गाउँपालिकाको पञ्चीकरण शाखामा कार्यरत लोकेन्द्रप्रशाद जोशीले जानकारी दिए ।

उनका अनुसार मंगलबार वडा नं १ को कार्यालय बसन्तपुरबाट समाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । यस्तै भोलि २२ गते वडा नं २ को कार्यालय कोटपेटराबाट, २३ गते वडा नं ३ रुद्रेश्वरमा, २४ गते वडा नं ४ मठैराजमा, २६ गते वडा नं ५तिलाचौरमा भत्ता वितरण गरिने बताइएको छ ।

Arus

यस्तै वडा नं ६ गोकुलेश्वरमा २७ गते र असार २८ गते वडा नं ७ धामीगाउँबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने पञ्चीकरण शाखामा कार्यरत जोशीले बताए ।

Karnali Traders

बाल पोषण भत्ता लगायतका अन्य समाजिक सुरक्षा भत्ता पनि श्रावण पहिलो साताबाट वडा कार्यालयबाटै वितरण हुने गाउँपालिकाले जनाएको छ ।

(सगुन खबर बाट सभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.