सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय राजदूतावासले दियो बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाइ एम्बुलेन्स

119
Sana Kishan

बैतडी– भारत सरकारले बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाइ एम्बुलेन्स प्रदान गरेको छ। नेपालमा रहेको भारतीय राजदूतावासले आइतबार जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ३ स्थित आधारभूत स्वास्थ्य चौकी न्वादेउलाइ एम्बुलेन्स प्रदान गरेको स्वास्थ्यचौकीका अहेब रोहित कुमार धानुकले जानकारी दिए ।

वडा अध्यक्ष खगेन्द्र धामी र आफुले आइतबार एम्बुलेन्स बुझेका उनले बताए । स्वास्थ्य चौकीलाइ एम्बुलेन्स प्राप्त भए संगै अब बिरामीलाइ अस्पताल सम्म लैजान सहज हुने भएको छ ।

Arus
Karnali Traders

नगरपालिका एम्बुलेन्स विहिन रहेकाबेला नेपालमा रहेको भारतीय राजदूतावासबाट एम्बुलेन्स उपलब्ध भएकाले अब सहज हुने वडा अध्यक्ष खगेन्द्र धामीको भनाइ । पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परेर बिग्रिएको भएपनि हालसम्म बनेको छैन् ।

नेपालका विभिन्न जिल्लालामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको भारतीय राजदूतावासले बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाइ एम्बुलेन्स प्रदान गरेको हो । सगुन खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.