Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हाम्रो शरीरमा आयोडिनको कमी भए के हुन्छ ? आयोडिन बारे जान्नै पर्ने कुराहरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

आयोडिन र नुनको विषयमा हामीले धेरै कुरा सुन्दै आएका छौं । नुन र आयोडिन शरीरका लागि आवश्यक तत्व हो । तर यसको मात्राको विषयमा विभिन्न प्रश्न पनि उठिरहेका छन् ।

 

आयोडिन मानिसको लागि दैनिक रूपमा नभई नहुने तत्वमध्ये पर्छ । समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस आदि तथा समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ । तर नेपालमा समुद्र नभएकाले आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ ।

 

नेपालीहरूको भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा बढी छ भन्ने कुरा केही समय अघि सुन्नमा आएको थियो । योसँगै नुन र आयोडिनको विषयमा भ्रमपूर्ण कुरा समेत सम्प्रेषण भइरहेकाले यसले सर्वसाधारणमा आशंका पैदा गरिरहेको देखिन्छ ।

 

नुनमा आयोडिनको मात्रा कति ?

 

उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको छ । नेपालमा हाल आयोडिनयुक्त नुनको मापदण्डमा उत्पादन स्थलमा ५० पीपीएम नघटाई र बिक्री स्थलमा ३० पीपीएम नघटाई हुनुपर्ने व्यवस्था रहेको छ । साथै उपभोग बिन्दुमा नुनमा आयोडिनको मात्रा कम्तीमा १५ पीपीएम हुनुपर्ने भनिएको छ ।

सबै स्थानमा यातायातको सुविधा नपुगेको, भण्डारणको अभ्यास र स्थल उपयुक्त नभएको देखिएकाले उपभोक्तासम्म पुग्दा नुनमा मिसाएको आयोडिन नाश भएर जान सक्छ भन्ने आधारमा उत्पादन स्थलमा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान छ ।

तर अहिले यातायातको सुविधा विस्तार भई ढुवानी सहज भएको, भण्डारणको अभ्यासमा सुधार भएको कारणले नुनमा मिसाइएको आयोडिन धेरै नाश नहुन सक्छ । अर्कोतिर कानुनमा न्यूनतम ५० पीपीएम मिसाउनुपर्ने भनिएको, तर अधिकतम कति मिसाउन पाउने भन्ने किटान नभएका कारण पनि अधिक आयोडिन मिसाउने गरेको पाइन्छ । नुनमा आयोडिनको मात्रा उत्पादन स्थलमा न्यूनतम र अधिकतम कति हो भन्ने मापदण्ड तत्काल निर्धारण गर्नु जरुरी छ ।

 

दैनिक कति नुन खानु ठीक ?

 

नेपालीहरूले दैनिक ९ ग्राम नुन सेवन गरिरहेका छन् । तर हाम्रो शरीरलाई भने दैनिक ५ ग्राम भन्दा कम नुन भए पुग्छ । अहिले हामी झण्डै आवश्यकता भन्दा डबल नुनको प्रयोग गरिरहेका छौं । नुनको बढी प्रयोगले उच्च रक्तचाप जस्ता नसर्ने रोगको जोखिम बढाउँछ । त्यसैले एउटा वयस्क व्यक्तिले दैनिक रूपमा करिब १५० माइक्रो ग्राम नुन खानु उपयुक्त हुन्छ ।

नेपालमा खानुपर्ने भन्दा झण्डै दोब्बर नुनप्रति व्यक्ति खपत भइरहेको छ । यस्तोमा आयोडिनको मात्रा भन्दा पनि नुन कम खपत गर्ने बानीको विकास गर्नु जरुरी हुन्छ ।

 

आयोडिनको कमी भएमा आउने समस्या

 

शरीरमा आयोडिनको कमीले गर्भवती महिलालाई असर पर्छ । गर्भ तुहिने, मृत बच्चा जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने, शारीरिक रुपमा विकलांक हुने लगायत सम्भावना हुन्छ ।

त्यस्तै आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्छ । वयस्कहरूमा आयोडिनको कमी भएमा गलगाँड आउने, हाइपरथाइरोइडिज्म, मानसिक क्षमतामा कमी, शारीरिक क्षमतामा कमी जस्ता असर देखिन्छन् । बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै हो ।

 

शरीरलाई आवश्यक आयोडिनको मात्रा

 

आयोडिनलाई सूक्ष्म पोषक तत्व भनिन्छ । यो खनिज पदार्थ हरेक वयस्क व्यक्तिलाई दैनिक रूपमा करिब १५० माइक्रो ग्राम, गर्भवती महिलाका लागि दैनिक करिब २५० माइक्रो ग्राम र पाँच वर्षमुनिका बालबालिकालाई दैनिक करिब ९० माइक्रो ग्राम आवश्यक पर्छ ।

आयोडिनले थाइराइड ग्रन्थिबाट थाइराइड हर्मोन निकाल्न मद्दत गर्दछ । थाइराइड हर्मोन पोषक तत्वको पाचन प्रक्रिया र शारीरिक तथा मानसिक वृद्धि विकासका लागि नभई हुँदैन । शरीरको तौल सन्तुलनमा राख्न थाइराइड हर्मोन अत्यन्तै महत्वपूर्ण हुन्छ । आयोडिनको उचित मात्राको उपभोगले थाइराइडमा हुने क्यान्सरको जोखिम कम गर्छ । साथै आयोडिनले शारीरिक र मानसिक रूपमा पनि स्वास्थ्य रहन सहयोग गर्छ ।

 

आयोडिनयुक्त नुन नै किन ?

 

अहिले हामीले प्रयोग गरिरहेको आयोडिनयुक्त नुनको साटो बिरे नुन र सिदे नुनको प्रयोग गर्नुपर्छ भन्ने अवधारणा पनि केही व्यक्तिको हुन सक्छ । तर यस्ता नुनमा शरीरलाई चाहिने आयोडिन पर्याप्त हुँदैन । नेपाल जस्तो समुद्री सतह भन्दा टाढा भएको र समुद्री खाना कम खाइने मुलुकमा आयोडिनयुक्त नुन पनि सेवन नगर्दा यसको कमीका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् ।

आज भन्दा चार दशक अगाडिसम्म नेपालमा आयोडिनयुक्त नुनको प्रयोग हुँदैन थियो । जसको कारण विभिन्न स्वास्थ्य समस्या जस्तै, गलगाँड, हाइपरथाइरोइडिज्म, मानसिक क्षमतामा कमी र शारीरिक क्षमतामा कमीजस्ता समस्या देखिन्थे । तर पछि सरकारले सन् १९७३ देखि लागु गरेको नुनमा आयोडिन मिसाएर बिक्री वितरण गरिने युनिभर्सल साल्ट आयोडाइजेसन कार्यक्रमले गर्दा हाल यो समस्यामा धेरै सुधार भएको छ ।

नुनमा आयो

 

(स्रोत: onlinekhabar.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व