Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडी जिल्लाका ३ बर्षीय भुवनको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ देवलहाटका श्याम ठगुन्नाका ३ बर्षीय छोरा भुवन ठगुन्नाको उपचारमा आर्थिक अभाव भएको छ । गरिबीले थिचिएका ठगुन्ना परिवारलाई अहिले छोराको उपचार गर्न निकै समस्या भएको छ । भुवनको मुटुमा समस्या देखिएपछि अहिले ठगुन्ना दम्पतीका आँखा ओभाएका छैनन् ।

बिहे गरेको ९÷१० बर्षमा छोरा पाएका ठगुन्ना दम्पती अहिले रातदिन रोइरहेका छन् । अपांगता भएकी श्रीमति र बिरामी छोराको उपचार गर्न श्याम ठगुन्नालाई अहिले निकै समस्या भएको छ ।

केही दिन पहिला हर्नियाको उपचारका लागि भुवनलाई डडेल्धुरा पुर्याएकोमा त्यहाँ डाक्टरले भुवनको मुटुमा समेत समस्या रहेको कुरा बताएपछि अहिले ठगुन्ना दम्पतीलाई निकै समस्या परेको छ ।

‘ओत लाग्ने घरको छानो चुहिने छ । श्रीमति अपांग छ । एउटै मात्र छोरा मुटुको बिरामी भएपछि कसरी उपचार गरौं ?’भुवनका बुवा श्यामले भने, ‘दैनिक मजदुरी गरेर परिवार पाल्ने मान्छेले काठमाण्डौं गएर छोराको उपचार कसरी गरौं ?’

आर्थिक अभावकै कारण श्रीमतिको समेत उपचार गर्न नसकेका श्यामलाई छोरा बिरामी भएपछि झन् तनाव बढेको छ । छोराको उपचारमा सहयोग गरिदिन उनले सहयोगी मनहरुलाई आग्रह समेत गरेका छन् ।

छोराको उपचारका लागि सहयोग गरिदिन भुवनकी आमा मानमती ठगुन्नाले अनुरोध गरेकी छिन् । आँखाभरी आँसु बनाउँदै उनले भनिन् ‘मेरो छोरोका उपचारमा सहयोग गरिदिन म सहयोगी मनहरुलाई अनुरोध गर्दछु । आर्थिक अवस्था कमजोर भएकाले छोराको उपचार गर्न सकेको छैन् । त्यसैले सबैलाई सहयोगका लागि अपिल गर्दछु ।’

छोराको मुटुको उपचारका लागि सहयोग माग्न दशरथचन्द नगरपालिकामा पुगेका श्याम ठगुन्नालाई नगरपालिकाले ५ हजार रुपैैंया मात्रै सहयोग गरेपछि उनको मन भत्भती पोलिएको छ । स्थानीय सरकारबाट आफूले ठूलो आसा राखेको भएपनि सहयोग नपाएको उनको गुनासो छ ।

भुवनको उपचारमा सहयोग गर्ने महानुभावहरुले ९८६४३२४७९७ नम्बरमा सम्पर्क गर्न सकिने छ । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व