सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा हावाहुरी सहितको बर्षाले मकैमा क्षति

बैतडी – केही दिनदेखि भइरहेको बर्षाका कारण बैतडीका विभिन्न ठाउँमा मकैबालीमा क्षति पुगेको छ । हावाहुरी सहितको बर्षाले घोगा लाग्नै लागेको मकै ढलेपछि किसानहरु चिन्तित भएका छन् । मुख्य खाद्यबालीको रुपमा रहेको मकै हावाहुरी सहितको बर्षाले ढलेपछि भोकमरी हुने चिन्ता बढेको पुर्चौंडी नगरपालिका ७ का पुरनसिंह ऐरले बताए ।

जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । वडा नं १ र ७ मा हावाहुरी सहितको बर्षाले मकैबालीमा व्यापक क्षति पुर्याएको स्थानीय जनक ऐरले बताए । उनले भने ‘मुख्य खाद्यबाली भनेकै मकै हो । तर हावाहुरीले मकैमा क्षति पुर्याएपछि अब उत्पादनमा ह्रास आउनेछ । यसले हामीहरुलाई निकै समस्या भएको छ ।’

Sana Kishan

मकैबाली ढलेर नष्ट भएपछि आफूहरुलाई निकै समस्या भएको स्थानीय किसान गणेश ऐरले बताए । बर्षा नहुँदा सम्म किराले मकैबालीमा क्षति पुर्याएको र बर्षापछि मकै ढलेर झन् क्षति भएको उनले बताए । उनले भने ‘किराबाट बचेको मकै हावाहुरीले ढलाएपछि हामीहरुलाई धेरै समस्या भएको छ ।’

World Link Ads
Mahakali Polytechnic

बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ । मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी नरेन्द्र चन्दले बताए ।

Dirghayu Ads

पछिल्लो दुई तीन बर्ष यता मकैमा फौंजी किराले नोक्सानी पुर्याउने गरेको छ भने बर्षातको समयमा पनि क्षति हुने गरेको छ । यस्तै जंगली जनावरबाट समेत मकै जोगाउन निकै मुस्किल भएको किसानहरुले बताएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.