सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटरसाइकलले ठक्कर दिँदा बैतडीमा एक बालिका घाइते

बैतडीमा मोटरसाईकलको ठक्करबाट १२ वर्षीया बालिका घाइते भएकी छिन् । जयपृथ्वीबहादुर सिंह राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८विजयपुर भन्ने स्थानमा बझाङबाट धनगढीतर्फ गइरहेको सुप प्र ०१ ००९ प ६२०१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पाटन नगरपालिका ८ जुकेपानीकी १२ वर्षीया प्रतिक्षा बिष्ट घाइते भएकी हुन् । उनको टाउको र खुट्टामा चोट लागेको छ ।

Sana Kishan

घाइते बालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा समान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

मोटरसाइकल चालक बझाङको बुङ्गल नगरपालिका १० डौडका २७ वर्षीय ललित बागलाई प्रहरीले नियन्त्रणमा लिएको जोशीले जानकारी दिए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.