Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा दाँतको सुरक्षा : चिसो पेय पदार्थ कति र कसरी पिउने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार १६, बिहीबार २१:३२
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

गर्मीयाममा चिसो पेय पदार्थ पिउँदा कतिपयमा दाँतको दुखाइ सुरु हुने समस्या हुन्छ । यसको कारण के होला ? दन्त चिकित्सकहरू चिसो पेय पदार्थमा हुने एसिड एवं गुलियो पदार्थको कारण यस्तो समस्या सिर्जना हुने गरेको बताउँछन् र यसको समाधान चिसो पेय पदार्थको उपभोगमा ल्याउने नियन्त्रणमा मात्रै सम्भव रहेको उनीहरू बताउँछन् ।

गर्मीयाम हाम्रो दाँत तथा मुखको लागि संवेदनशील समय हो । तापक्रम बढी हुने भएकाले कुनैपनि खाद्य पदार्थ दाँतमा अड्किएर बस्दा मुखभित्रै छिटो सड्ने सम्भावना एकातिर समस्याको रूपमा रहन्छ भने अर्कोतर्फ गर्मीको समयमा खाने कतिपय खाना आफैँमा दाँत तथा मुखको सुरक्षाको बाधक हुने गर्छन् ।

गर्मी मौसममा कुनै खानेकुरा खाँदा ज्यादै गुलियो र प्रशोधित खानेकुरा दाँत र मुखको लागि उपयुक्त हुँदैन भन्ने दन्त चिकित्‍सकहरूको मत छ । ‘अति खानेकुरा’ अर्थात् अति अमिलो, अति चिसो र अति तातो जस्ता खानेकुरालाई सकेसम्म बेवास्ता नै गर्नुपर्छ भन्ने मान्यता छ । तर प्रतिकूल मौसमका कारण अति चिसो खानेकुराको उपभोग समेत बढ्ने गरेको पाइन्छ ।

गर्मी मौसम सुरु भएसँगै बजारमा विभिन्न किसिमका पेय पदार्थहरूको उपभोग आकासिने गर्छ । पेय पदार्थमा पनि दूध, लस्सी जस्ता हल्का पेय पदार्थ (सफ्ट ड्रिङ्स)भन्दा पनि कार्बाेनिक एसिडयुक्त चिसो पेय पदार्थ बढी उपभोग हुने गरेको पाइन्छ । तर ती पेय पदार्थ कसरी पिउने र कति पिउने त ? दन्त चिकित्सकहरु भने चिसो पेय पदार्थलाई जति सक्दो कम उपभोग गर्नुपर्नेमा जोड दिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दाँत तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकी दाँत तथा मुखको सुरक्षाको लागि सकेसम्म चिसो पेय पदार्थ पिउनै नहुने बताउँछन् । बजारमा आउने कोल्ड ड्रिङ्क्समा कार्बोनिक एसिड मिसाइएको हुन्छ । ‘यसलाई गिलास वा अन्य भाँडामा खन्याउँदा फिँज आउने कारण पनि यही कार्बाेनिक एसिड हो ।’ बुढाथोकीले भने ‘कार्बाेनिक एसिडले दाँतको इनामेलाई खियाउने काम गर्छ । यसले गर्दा पछि दन्त सडन हुने र गिजाले ठाउँ छाड्ने गर्छ ।’ त्यसमाथि गुलियो चिज पनि मिसाएका कारण यो दाँत तथा मुखको सुरक्षाको लागि उपयुक्त नहुने उनी बताउँछन् ।

दन्त चिकित्सकहरू चिसो पेय पदार्थको विकल्पमा कम चिनी र एसिड युक्त पेय पदार्थ छनौट गर्न सुझाव दिन्छन् । ती वैकल्पिक पेय पदार्थहरूमा पानी, दूध, विभिन्न फलफूलको जुस आदि हुन सक्छन् ।

कसरी पिउने चिसो पेय पदार्थ ?
चिसो पेय पदार्थ पिउनै परे यसलाई पाइपको माध्यमबाट पिएर सिधै निल्ने गरी पिउनुपर्ने दन्त चिकित्सकहरु बताउँछन् । चिसो पेय पदार्थ खाने बेलामा मुखमा धेरैबेर उक्त पेय पदार्थ राख्न नहुने र पेय पदार्थ पिइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ । जसले गर्दा दाँतलाई समस्या गराउने कार्बाेनिक एसिड दाँतमा बस्न पाउँदैन । यसले गिजामा समेत समस्या गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार १६, बिहीबार २१:३२
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार १६, बिहीबार २१:३२
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार १६, बिहीबार २१:३२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार १६, बिहीबार २१:३२
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार १६, बिहीबार २१:३२
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार १६, बिहीबार २१:३२
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार १६, बिहीबार २१:३२
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार १६, बिहीबार २१:३२
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार १६, बिहीबार २१:३२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व