Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाचनतन्त्रलाई सफा र बलियो राख्ने काइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार १६, बिहीबार २१:२५
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कुनैपनि खानेकुरा खाइसकेपछि त्यो पच्ने प्रक्रिया मुखबाट नै सुरु हुन्छ । खानेकुरालाई पाचनतन्त्रले स–साना टुक्रामा जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा तोड्छ । त्यसपछि यी पौष्टिक तत्व हाम्रो रगतको माध्याम हुँदै विभिन्न भागमा पुग्छन् ।

आधा पचेको भोजन हाम्रो सानो आन्द्रामा पुग्छ । त्यसपछि भोजनलाई ठूलो आन्द्रामा पठाइन्छ । यसमा रहेका उपयोगी पोषक तत्व शरीरले ग्रहण गर्छ । बाँकी रहेको भोजन विकारको रुपमा शरीरबाट बाहिर निकाल्छ । पाचन प्रणालीले यति राम्ररी काम गरिरहेको हुन्छ ।

पाचन प्रणाली जति चुस्त र बलियो हुन्छ, मान्छे उत्तिनै निरोगी र जवान रहन्छ । पाचन तन्त्र खराब भएमा शरीरमा पोषणको अभाव हुन्छ र विभिन्न रोगले आक्रमण गर्छ । त्यसैले जरुरी छ, पाचन यन्त्रलाई बलियो र सफा राख्न । यसका लागि के गर्ने त ?

सही ढंगले खाने

के खाने भन्नेकुरा जति महत्वपूर्ण छ उत्तिनै कसरी खाने भन्ने पनि । सधै निश्चित समय तालिकामा खाने गर्नुपर्छ । खाने समय अनियमित हुनुहुँदैन । खाना खाँदा विस्तारै, आनन्दपूर्वक, स्वाद लिएर खानुपर्छ । राम्ररी चपाएर मात्र खानेकुरा निल्नुपर्छ । राती सुत्नुभन्दा दुई, तीन घण्टा अघि नै खाना खनुपर्छ ।

बिहान भरपेट खानुपर्छ र त्यसपछि क्रमस खानाको मात्रा कम गर्नुपर्छ । रातको खाना सुपाच्य र हल्का हुनुपर्छ ।

फाइबरयुक्त भोजन

फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र निष्कासन सही हुन्छ । खानामा फाइबर कम हुँदा कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम, डाइभर्टिकुलिटिस र कोलन क्यान्सर जस्ता पाचनतन्त्रसँग सम्वन्धित विकार उत्पन्न हुन सक्छन् ।

पर्याप्त पानी

पाचन तन्त्रलाई सही राख्नका लागि पानी अनिवार्य हुन्छ । विहान उठ्नसाथ मनतातो पानी पिउनुपर्छ । त्यसपछि दिनभरमा उचित मात्रामा पानी पिउनुपर्छ । दिनमा औसत दुई वा अढाई लिटर पानी पिउनुपर्छ ।

प्रो बायोटिक्सको सेवन

प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यो डायरिया र इर्रिटेबल बाउल सिन्ड्रोम जस्ता अवस्थाहरुमा पनि निकै सहयोगी सावित हुन सक्छ । यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पु¥याउँछ । दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ ।

अमिलो फलको सेवन

कागती जस्ता अमिलो फल पाचन यन्त्रका लागि उपयोगी मानिन्छ । कागती जस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ ।

जडिबुटी र मसलाको प्रयोग

जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, पाचनमा पनि सहयोग पु¥याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ । उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार १६, बिहीबार २१:२५
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार १६, बिहीबार २१:२५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार १६, बिहीबार २१:२५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार १६, बिहीबार २१:२५
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार १६, बिहीबार २१:२५
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार १६, बिहीबार २१:२५
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार १६, बिहीबार २१:२५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार १६, बिहीबार २१:२५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार १६, बिहीबार २१:२५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व