कैलालीको धनगढी उपमहानगरपालिमा अटो पल्टिदा एकजनाको मृत्यु भएको छ। बिहीवार बिहान उपमहानगरपालिका–३ बोराडाँडी चोकमा सुपप्र ०१–००१ ह ४६३२ नम्बरको अटो पल्टिएको थियो।
उक्त दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर भइ धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मण सिं बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post