सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा ७५ प्रतिशत रोपाइँ सम्पन्न

बैतडीमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार १५ गते सम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञानेकन्द्र बैतडीले सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको बताएको छ ।

१० ओटै स्थानीयतहरुका कृषि प्राविधिकहरुको जानकारी अनुसार जिल्लामा ७५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रशार अधिकृत नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

Sana Kishan

बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएको उनले बताए । सिँचाइको सुविधा भएको सबै ठाउँमा रोपाइँ सम्पन्न भएको र केहि ठाउँमा मात्रै बाँकी रहेको उनको भनाइ छ । असार महिना भित्रै सबै ठाउँमा रोपाइँ सम्पन्न हुने कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रशार अधिकृत चन्दले बताए ।

World Link Ads
Mahakali Polytechnic

बैतडी जिल्लाको ९ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिन्छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका र विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धाँनखेतीको पकेट क्षेत्र हुन्। सुर्नयाको वडा नं ४ र ६ मा पनि धान खेति गरिन्छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.