सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा अटो र मोटरसाईकल एकआपसमा ठोक्किदा ५ जना घाइते

बैतडीमा अटो र मोटरसाईकल एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । महाकाली राजमार्गको डिलाशैनी गाउँपालिका ६ स्थित बाङ्गाबगरमा अटो र मोटरसाईकल एकआपसमा ठोक्किदा ५ जना घाइते भएका हुन्।

प्रहरीचौकी गोकुलेश्वरका इन्चार्ज नरेन्द्र धामीले पञ्ज्युनयाबाट गोकुलेश्वर तर्फ गइरहेको सुपप्र ०२००३ प ९३६७ नं को मोटरसाईकल र विपरित दिशाबाट आइरहेको सुप प्र ०१००१ ह ४९६७ नं को अटो एकआपसमा ठोक्किदा ५ जना घाइते भएका जानकारी दिए ।

Sana Kishan

उनका अनुसार घाईते हुनेमा दार्चुलाको लेकम १ का ३२ वर्षीय मान सिहं कार्की उनकै श्रीमती ३० वर्षीया भागरती कार्की, बैतडीको दोगडाकेदार १ का ५० वर्षीय खुईले भुल, अटो चालक डिलाशैनी ६का ४० वर्षीय मनोरथ नाथ र वडा नं ६ कै मोटरसाईकल चालक सेटीगाउँ कृषि क्याम्पसका उपप्राध्यापक भरत माल रहेका बताइएको छ ।

World Link Ads

घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको गोकुुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close