बैतडीको डिलाशैनी गाउँपालिकाले सहिद परिवारलाइ मासिक ३ हजार दिने भएको छ । गणतन्त्र स्थापनाका लागि साहदत प्राप्त गरेका सहिद परिवारलाइ गाउँपालिकाले मासिक ३ हजार दिने भएको हो ।
गाउँपालिकाले अगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा गणतन्त्र स्थापनका लागि साहदत प्राप्त गरेका सहिद परिवारलाइ मासिक तीन हजार दिने उल्लेख गरेको छ ।

गणतन्त्र स्थापनाका लागि साहदत प्राप्त गर्ने सहिद परिवारलाई मासिक ३ हजार रुपैयाका दरले उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेकाले छिट्टै कार्यान्वयनको प्रकृयामा जाने गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्ट (यदु)ले जानकारी दिए ।

अहिले तथ्याङक संकलनको काम भइरहेको उनले बताए । विभिन्न आन्दोलनमा ज्यान गुमाएर सहिदको सुचिमा सुचिकृत भएका जो जो सहिद परिवार छन् तिनिहरुलाइ भत्ता गाउँपालिकाले दिने बताएको छ । केहि नाम रहेका र छुटफुूटको समेत तथ्याङक संकलन भइरहेकाले छिट्टै लागु हुने प्रवक्ता भट्टले बताए । सगुन खबर बाट सभार
