सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सतबाँझ क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

बैतडीको सतबाँझमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हजारौं ग्राहक समस्यामा परेका छन् । आइतबार रातिदेखि सतबाँझको टावरले काम गर्न छोडेको स्थानीयहरुले बताएका छन् ।

सतबाँझको टावरले काम गर्न छोडेपछि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानका नागरिकलाई समस्या भएको छ । मोबाइल फोन सेवा अवरुद्ध हुँदा अतिआवश्यक सूचनाहरु समेत आदानप्रदान गर्न निकै समस्या भएको सुर्नया ६ का प्रकाश अवस्थीले बताए ।

Sana Kishan

सतबाँझको टावरले काम गर्न छोडेको तीनदिन बितिसक्दा समेत टेलिकमले चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

World Link Ads
Mahakali Polytechnic

सतबाँझको टावरमा बेला बेलामा समस्या आउने गरेको भएपनि समस्या समाधानमा टेलिकमको ध्यान जान सकेको छैन् । सतबाँझको टावरमा समस्या आउँदा दैनिक हजारौं ग्राहक सेवाबाट वञ्चित हुने गरेका छन् भने लाखौं रुपैंयाको नोक्सानी हुने गरेको छ । तर नेपाल टेलिकमको यो बिषयमा अझै ध्यान जान सकेको छैन् ।

सतबाँझस्थित टावरमा पानी पसेर समस्या आएको र बुधबार त्यसलाई मर्मत गरिने टेलिकमका इन्जिनिजयर लक्ष्मण चन्दले बताए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.