सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनेरास्ववियु बैतडीको जिल्ला अधिवेशन असार २५ गते

Far weast coaching ad
103
Sana Kishan

नेपाल कम्युनिष्ट पार्टि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को जिल्ला अधिवेशन यहि असार २५ गते हुने भएको छ । शनिबार नेकपा एमाले जिल्ला सचिव एवं संगठन विभाग प्रमुख चक्र कार्किको प्रमुख आतिथ्यता र अनेरास्ववियु जिल्ला संयोजक नरेन्द्र साउँदको अध्यक्षतामा बसेको बैठकले अनेरास्ववियु बैतडीको १२ औँ जिल्ला अधिवेशन यहि असार २५ गते बैतडी सदरमुकाममा गर्ने निर्णय गरेको हो ।

अधिवेशनबाट अनेरास्ववियुको नयाँ नेतृत्व चयन हुने छ । अधिवेशनबाट ७ जना पदाधिकारी सहित बढीमा ३९ जनाको जिलल्ला कमिटी चयन हुने अनेरास्ववियु बैतडी संयोजक नरेन्द्र साउँदले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएका छन् ।

Arus
Karnali Traders

मूल व्यव्स्थापन समिती संयोजकमा नरेन्द्र साउद, प्रचारप्रसार व्यवस्थापनमा खेमराज अवस्थी, प्रतिनिधि व्यवस्थापनमा लोकेन्द्र बहादुर बिस्ट, आर्थिक व्यवस्थापनमा दिनेश राज भट्ट, प्रतिवेदन लेखनमा सुरेश सेरलालाइ चयन गरिएको छ ।

अधिवेशन प्रतिनिधिका रुपमा गाउँकमिटिबाट २ महिला सहित ५ जना, नगर कमिटी बाट ३ महिला सहित ७ जना ,क्याम्पस कमिटी र मावि प्रारम्भिक कमिटिबाट १ महिला सहित ३ सहभागि हुने बताइएको छ ।

यस्तै शनिबारको बैठकमा अनेरास्ववियु बैतडीले २०७९को स्थानीय तहको निर्वाचनमा अनेरास्ववियुबाट निर्वाचित दिनेश भट्ट बिचार र कमल भुललाइ सम्मान समेत गरेको जनाइएको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.