सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी गाउँपालिकाको दोगडाकेदारले स्थानीय पाठ्यक्रम निर्माण गर्ने

बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु शैक्षिक सत्रमै आधारभूत तह कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । पाठ्यक्रम निर्माणका लागि कक्षा १ देखि १० सम्म पढाई हुने विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।

स्थानीय भेषभुषा, भाषा, कला, संस्कृति, पर्यटन लगायतका क्षेत्र समेटेर पाठ्यक्रम निर्माणको तयारी भएको हो । संविधानमै आधारभूत तहमा पाठ्यक्रम निर्माण गरेर लागू गर्न सकिने कुरा उल्लेख भएकाले सोही अनुसार पाठ्यक्रम निर्माणको तयारी भएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए ।

Sana Kishan

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्ने बिषयमा छलफल भएको र यसले पाठ्यक्रम निर्माणमा सहयोग पुग्ने सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बल्देव नाथले बताए ।

World Link Ads
Mahakali Polytechnic

दोगडाकेदार गाउँपालिकामा ५९ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती सबै विद्यालयमा एक बिषयमा स्थानीय पाठ्यक्रम अनुसार पढाई गर्ने तयारी भएको छ । चालु शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू हुनेछ भने आगामी शैक्षिक सत्रमा अन्य कक्षाहरुमा पनि स्थानीय पाठ्यक्रम लागू गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।

Dirghayu Ads

बैतडीका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिसकेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.