Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीका कुन पालिकाको कति बजेट ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ११, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीका स्थानीय सरकारहरुले आगामी आर्थिक बर्षका लागि निती तथा कार्यक्रम र बजेट ल्याएका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आ.ब. २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ५ अर्ब ३५ लाख ३० हजार रुपैंया बराबरको बजेट ल्याएका छन् । शुक्रबार सम्पन्न नगरसभा तथा गाउँसभाबाट स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकता दिएका छन् ।

जिल्लाका सिगास गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि सडक र विद्युतलाई प्राथमिकतामा राख्दै ४४ करोड ५० लाख २२ हजारको बजेट ल्याएको छ । नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाभित्रका जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरेर एमबीबीएस पढाउने, ‘खनौ आफ्नै माटो, छोडौं विदेशको बाटो’ लगायतका कार्यक्रम ल्याएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको दशरथचन्द नगरपालिकाले ७९ करोड ६० लाख ७९ हजार रुपैंयाको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायतमा प्राथमिकता दिने जनाएको छ । यस्तै नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका नीति तथा कार्यक्रममा समेटिएको छ ।

डिलासैनी गाउँपालिकाले ३६ करोड रुपैंयाको बजेट सार्वजनिक गर्दै पालिकाको आफ्नै रेडियो खोल्ने, पढ्दै कमाउँदै कार्यक्रममार्फत कृषि कार्यक्रमलाई अघि बढाउने नीति सार्वजनिक गरेको छ ।

पाटन नगरपालिकाले ६४ करोड चार लाख १८ हजार रुपैंयाको बजेट सार्वजनिक गर्दै कृषकलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषियन्त्र प्रदान गर्ने, सामुदायिक विद्यालयलमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजी शिक्षक र वालविकास शिक्षकको अनुदानमा बृद्धिगर्ने लगायतका कुराहरु निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।

मेलौली नगरपालिकाले ५९ करोड २२ लाख रुपियाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ । शिवनाथ गाउँपालिकाले सडक, अस्पताल र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिनेगरी ३६ करोड ७ लाख ९५ हजार रुपैंयाको बजेट ल्याएको र सोही अनुसारका नीति तथा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

पञ्चेश्वर गाउँपालिकाले ४१ करोड ७८ लाख रुपैंयाको बजेट ल्याएर स्नातक तहसम्मको शिक्षा निःशुल्क गर्ने, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

बैतडीमा सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने, घर नहुने नगरवासीको घर बनाउने र दुई वर्षभित्र पुरचौडी नगरपालिकामा विद्युत पु¥याउने लक्ष्य सहित ६५ करोड चार लाख १८ हजार रुपैंयाको बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधारको विकास गरी समुन्न पुरचौंडी बनाउने निती तथा कार्यक्रममा उल्लेख गरिएको नगर प्रमुख दीपकबहादुर बमले बताए ।

दोगडाकेदार गाउँपालिकाले ६४ करोड ६२ लाख ८२ हजार बजेटमा कृषि, शिक्षा स्वास्थ्य, युवा स्वरोजगार लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । शिक्षातर्फ उच्च शिक्षा अध्ययन गर्ने दलित परिवारका विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित निर्माणाधिन लवलेक खेलमैदानलाई भागरथी खेलमैदान नामाकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भागरथीको बलात्कारपछि हत्या गरिएको थियो ।

सुर्नया गाउँपालिकाले ४३ करोड २७ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि, आर्थिक समृद्धिका लागि सुर्नया सरकार कार्यक्रम, उत्पादनलाई बढावा दिन सिचाइँ कुलो निर्माण, बाँझो जग्गाको एकीकृत तथ्याङ्क संकलन गरेर कृषि पकेटक्षेत्र घोषण गरी उत्पादन बढाउने, हरियाली स्चछता कार्यक्रम अन्तर्गत एक घर पाँच फलफूलका विरुवा रोप्ने कार्यलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व