Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोलेस्टोर नियन्त्रण गर्ने यस्तो काइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवारोध पैदा हुन्छ । यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ ।

के हो कोलोस्टोर

कोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो । स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ । यद्यपी यसको रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ । यसले मुटुमा समस्या ल्याउँछ । चिकित्सकको अनुसार कुनैपनि उमेरको पुरुष महिलामा कोलोस्टोरको मात्रा २ सय एमजी÷डिएल भन्दा कम हुनुपर्छ ।

कोलोस्टोर किन आवश्यक छ ?

कोलोस्टोरले शरीरको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्बाह गर्छ । यसले कोशिकामा पर्खाल निर्माण गर्छ र विभिन्नखाले हर्मोन्सलाई सन्तुलित गर्छ । यसमा एचडीएललाई राम्रो कोलोस्टोर र एलडीएललाई नराम्रो कोलोस्टोर भनिन्छ ।

एलडीएललाई किन खराब कोलोस्टोर भनिन्छ त ?

किनभने यसले कोरोनरी धमिनीमा अवरोध उत्पन्न गर्छ । जसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ र हृदयघातको संभावना रहन्छ ।

एचडीएल कोलोस्टोर चाहि यसकारण राम्रो मानिन्छ कि, यसले धमिनीमा अवरोध आउनबाट रोक्छ ।

कोलोस्टोरको जोखिम

– उच्च कोलोस्टोरबाट ग्रस्त ब्यक्तिमा त्यसबेलासम्म केहि लक्षण देखिदैन, जबसम्म कोलोस्टोर मस्तिष्क र मुटुमा जाने धमिनीलाई नराम्ररी असर पु¥याउँदैन । यसको परिणामस्वरुप छातीमा पीडा सुरु हुन्छ ।

– रगतमा कोलोस्टोर बढेपछि पथरी रोग, हृदय रोग, उच्च रक्तचाप आदि हुनसक्छ ।

– कोलोस्टोर बढेपछि नसामा उतारचढाव आउँछ, त्यसैले हिँडडुल गर्न गाह्रो हुन्छ ।

– मुटुमा असर, मृगौलामा क्षति पुग्नसक्छ, थाइराइड जस्ता रोग पनि कोलोस्टोरको बृद्धिले निम्त्याउँछ ।

कारण र लक्षण

रगतमा किन कोलोस्टोर बढ्छ ?

यसमा तीनवटा कारण हुन्छन् ।

१. कोलोस्टोर बढ्ने खाना अर्थात वोसोयुक्त खाद्य पदार्थको अधिक तथा लगातार सेवन ।

२. मोटाबलिक सिस्टम जब एलडीएलको मात्रा पर्याप्त रुपमा रगतबाट बाहिर निस्कन पाउँदैन, तब रगतमा एलडीएलको स्तर बढ्छ ।

३. जब कलेजोले कोलोस्टोर अधिक मात्रामा उत्पादन गर्छ ।

–यि कारणहरुलाई नियन्त्रण गर्ने हो भने शरीरमा कोलोस्टोरको मात्रा बढ्दैन ।)

लक्षण

– थकान

– कमजोरी

– सास फेर्न गाह्रो हुनु

– धेरै पसिना आउनु

– सुत्न गाह्रो हुनु

– बेचैन महसुष हुनु आदि

कोलोस्टोर नियन्त्रण गर्न के खाने ?

– आफ्नो खानामा धेरैजसो मौसमी फल र सब्जी सामेल गरौं ।

– सुन्तलाको जुस एकदमै फाइदाजनक हुन्छ, यसमा भरपुर मात्रामा क्याल्सियम पाइन्छ ।

– जीरो कोलोस्टोरयुक्त पदार्थ सेवन गरौ? जस्तो ताजा फल, सब्जि, फाइबरयुक्त पदार्थ ।

– विहानको नास्तामा कर्नफ्लेक्स जस्ता खानेकुरा फाइदाजनक हुन्छ ।

के नखाने ?

– रातो मासु सेवन नगरौं ।

– दुध, घिउ, क्रिमदेखि आइसक्रिमसम्म सेवन नगर्नु राम्रो हो ।

– चुरोट, रक्सीको सेवन गर्दै नगरौं ।

सावधान रहनुहोस्

– औषधीका साथै केहि सावधानी वा खानपानमा सुधार ल्याएर पनि कोलोस्टोर नियन्त्रण गर्न सकिन्छ । किनभने गलत खानपान र रहनसहनले नै उच्च कोलोस्टोरको समस्या पैदा हुने हो ।

– चिकित्सकको सल्लाह अनुसार खानपान र जीवनशैलीमा परिवर्तन गर्ने ।

– शरीरको तौल बढ्न नदिने, अतिरिक्त क्यालोरी बर्न गर्ने । धेरैभन्दा धेरै पैदल हिँड्ने गरौं ।

– नियमित व्यायम गरौ, जगिङ, डान्सिङ, एरोबिक्स, स्विमिङ धेरै लाभदायक हुन्छ ।

– लिफ्टको साटो सिंढीबाट उक्लने अभ्यास गरौं ।

– त्यस्तो खानेकुरा सेवन गरौ, जसमा कोलोस्टोरको मात्रा कम होस् ।

अपनाउन सकिन्छ घरेलु बिधी

– १ कप तातो पानीमा एक–एक चम्चा मह र कागतीको रस मिसाएर बिहान नियमित रुपले पिउने गर्नुपर्छ, कोलोस्टोर प्राकृतिक रुपले नियन्त्रण हुन्छ ।

– १ गिलास पानीमा २ ठूलो चम्चा धनियाँ उमाल्ने, चिसो भएपछि त्यसलाई छान्ने र पिउने ।

– प्याजको रस पनि फाइदाजनक हुन्छ । यसले रगत पनि सफा गर्छ ।

– भिटामिन–ई पाइने खानेकुरा सेवन गरौ ।

– भिटामिन– बि ६ पनि लिन सकिन्छ ।

– नियमित रुपमा लसुन सेवन गर्न सकिन्छ ।

– एक गिलास पानीमा एक चम्चा मेथी पाउडर मिसाएर एक महिनासम्म खाली पेट पिउनुपर्छ ।

– नियमित एक ठूलो चम्चा मह सेवन गर्नुहोस् ।

– पाकवनका लागि सनफ्लावर तेल प्रयोग गरौं । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३
रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

भदौ १५, २०८३
कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

भदौ १५, २०८३
भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भदौ १५, २०८३
भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भदौ १५, २०८३
बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व