सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा मन्दिर निर्माणका लागि ३ करोड ९४ लाख बजेट

885
Sana Kishan

बैतडीमा मन्दिरका लागि झण्डै ४ करोड बजेट विनियोजन भएको छ । सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबै भन्दा बढी बैतडीका मन्दिरका लागि बजेट विनियोजन भएको हो ।

सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा मन्दिमा मात्रै २२ करोड बढी बजेट विनियोजन गरेकोमा बैतडीका लागि झण्डै ४ करोड छुट्टाएको छ । सरकारले प्रदेश पर्यटन विकास कार्यक्रमको बजेटबाट बैतडीका ४५ मन्दिर निर्माणका लागि सो बजेट विनियोजना गरेको हो ।

Arus
Karnali Traders

यस्तै प्रदेश सरकारले आगामी वर्षको बजेटमा कैलालीमा ४४ मन्दिर निर्माण गर्न ३ करोड ८५ लाख, कञ्चनपुरमा ३५ मन्दिरका लागि २ करोड ५९ लाख, डोटीमा २४ मन्दिरका लागि १ करोड ५८ लाख बजेटको व्यवस्था गरेको छ। यसैगरी, अछामका २७ मन्दिरका लागि २ करोड २० लाख, बझाङमा ४४ मन्दिरका लागि ३ करोड २६ लाख, बाजुरामा १३ मन्दिरका लागि ९० लाख, डडेल्धुरामा १७ मन्दिरका लागि १ करोड ६३ लाख र दार्चुलामा ३४ मन्दिरका लागि २ करोड ७४ लाख बजेट छुट्याएको छ ।

Nepali Khaja

युवा बेरोजगार भएर बसिरहेका बेला मन्दिरमा यति ठुुलो रकम विनियोजनले सुदूरपश्चिम सरकारको चौतर्फी आलोचना भइरहेको छ । वेरोजगारी अन्तय गर्ने खालका कार्यक्रम ल्याउन छाडेर प्रदेश सरकारले मन्दिर निर्माणमा बढी बजेट छुट्टाएपछि युवाहरु आक्रोसित बनेका छन् । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.