सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

५ आनीबानी, जसले राति सुगर लेभल घट्न सक्छ !!

रातमा सुगरको लेभल कम हुनुलाई नोक्टर्नल हाइपोग्लाइसेमिया भनिन्छ । रातमा शरीरमा सुगर लेभल घट्नुको कारण के हो ? रातमा सुगर लेभल कम हुँदा भोक लाग्नु, एन्जाइटी जस्ता लक्षणहरु देख्न सकिन्छ ।

रातमा हुने सुगर लेभल कमीको समस्याबाट बच्नका लागि केही जीवनशैलीमा ध्यान दिन सकिन्छ ।

१. राति ढिलो सुत्ने

World Link Ads
Mahakali Polytechnic

यदि तपाईं राति ढिलो सुत्नुहुन्छ भने रातमा सुगर लेभल कम हुने जोखिम बढ्न सक्छ । यदि तपाईं राति पनि यसलाई सन्तुलनमा राख्न चाहनुहुन्छ भने राति ढिलो सुत्ने बानी सुधार्नु आवश्यक छ । चाहे तपाईंलाई मधुमेह जस्ता स्वास्थ्य समस्या होस् या नहोस्, कम्तीमा ८ घण्टा सुत्नैपर्छ । यदि रातिको सिफ्टमा काम छ भने यसको दिनचर्या ठीक गर्नुहोस् ।

२. दिउँसो धेरै शारीरिक गतिविधिमा सक्रिय हुने

यदि तपाईं दिनको समयमा अधिक शारीरिक व्यायाममा सक्रिय हुनुहुन्छ भने शरीरमा इन्सुलिनको संवेदनशीलता बढ्नेछ र रातमा मधुमेहको अवस्था कम हुनेछ । त्यसैले दिउँसो आवश्यकताभन्दा धेरै शारीरिक अभ्यास गर्नु पनि उचित हुँदैन । यी समस्याहरु प्रायजसो त्यस्ता महिलाहरुमा देखिन्छ, जो दिनभरि घरको काममा थकित हुन्छन् । यस्तो बानीबाट बच्नुपर्छ ।

३. साँझपछि कसरत

यदि तपाईं साँझपछि व्यायाम गर्नुहुन्छ भने तपाईंको रगतमा चिनीको मात्रा कम हुन्छ । साँझपछि गरिएको व्यायामको प्रभाव इन्सुलिनको स्तरमा पर्छ । मान्छेको सुत्ने समय र व्यायामको बीचमा अन्तर हुनुपर्छ । बिहानको समय कसरतको लागि राम्रो समय हो । साँझमा पनि कसरत गर्नु नराम्रो होइन । तर निश्चित समय र आफ््नो दैनिकी मिलाएर यस्तो अभ्यास गर्नुपर्छ ।

Sana Kishan

४. राति ढिला खाना खाने

यदि तपाईं रातिमा ढिला खाना खाने गर्नुहुन्छ भने यसमा पनि सुगरको मात्रा कम हुने जोखिम बढी हुन्छ । फेरि कुरा आउला कति समयसम्मलाई ढिला भन्ने । पोषणविद्हरु खाना र सुत्नुको बीचमा कम्तीमा पनि ४÷५ घण्टाको अन्तर हुनु जरुरी छ । सैद्धान्तिक रुपमा खाना र सुताइको समय यसरी तय गरिएको भए पनि व्यवहारिक रुपमा हुबहु पालना गर्न सम्भव नहुनेहरुको लागि खाना खाएपछि केही समयपछि मात्रै सुत्न जानकारहरु सुझाव दिन्छन् ।

५. रातमा मदिराको सेवन

मदिरा आफैँमा शरीरको लागि नोक्सानी दायक खानेकुरा हो । तर रातिको समयमा गरिने मदिराको सेवन भने सुगरको लेभल कम हुने अर्काे कारण हो । रगतमा सुगर लेभल नियन्त्रण गर्नको लागि राति प्रोटिनयुक्त खानेकुरा खान सक्नुहुन्छ ।

राति चिनीको मात्रा सन्तुलित गर्न के गर्ने ?

– राति सुत्नुभन्दा पहिले आफ्नो रगतमा चिनीको स्तर जाँच्नुहोस्, यदि रगतमा चिनीको स्तर कम भएको छ भने हल्का खालको खानेकुरा खानुपर्छ ।

– यदि तपाईंको ब्लड शुगर लेभल रातमा कम छ भने फलफूल खान सक्नुहुन्छ ।

– यदि राति चिनीको स्तर कम छ भने तपाईं चामलको रोटी पनि खान सक्नुहुन्छ ।

– यदि तपाईंमा कुनै प्रकारको संक्रमण छ भने रगतमा चिनीको स्तर कम हुन सक्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.