सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीकी बेपत्ता युवतीको त्रिनगर नाकाबाट उद्धार

बैतडी –गएको शनिबारदेखि बेपत्ता भएकी बैतडीकी युवतीको सीमा नाकाबाट उद्धार गरिएको छ । रोपाँई जान्छु भनि घरबाट हिँडेकी सिगास गाउँपालिका ८ की १८ बर्षीया सरस्वती बोहरा बेपत्ता भएकी थिइन् ।

Sana Kishan

घरपरिवारले दिएको हुलियाका आधारमा खोजी गर्दै जाँदा उनको कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । भारत तर्फ जान लागेकी सरस्वतीलाई विभिन्न संघसंस्थाको पहलमा उद्धार गरि प्रहरीलाई बुझाइएको थियो ।

सरस्वतीलाई उनका श्रीमान रमेश बोहराको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक जोशीले बताए । सरस्वती भारत जान लागेको कारण भने खुल्न नसकेको जनाइएको छ । रमेश र सरस्वतीले गएको चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.