सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा प्रदेश सांसद लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए ।

जिल्लाका १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । २०७२ सालमा बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।

बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बैतडीका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रदेश सांसद लिलाधर भट्टले स्वास्थ्यको क्षेत्रमा जिल्लाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले स्वास्थ्यको क्षेत्रमा पालिकाले सक्दो पहल गर्ने बताए । कार्यक्रममा बोल्दै शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले समुदायस्तरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्यकर्मीहरुको अथक प्रयासले जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएको बताए ।

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि आफ्नो र जिल्ला प्रशासन कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष खगेन्द्रसिंह धामीले जिल्ला पूर्ण खोप सुनिश्चित भएको भन्दै खुसी व्यक्त गरे । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.