Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्षा नहुँदा बैतडीका किसानलाई रोपाईं गर्न समस्या

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ६, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।

यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् । ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिए । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उनले भने, “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।”

गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उनले भने, “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ ।” रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उनले भने, “बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।”

यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । कृषि प्रचार अधिकृत चन्दले भने, “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।” जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् ।

धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । गोदावरी न्युज बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व