सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फूल फूली ओइलाई गयो हजारिका बाग – डेउडा ।। नरेन्द्र चन्द

सुवा तेरा सम्झनाले, पागल हुनो छु ।।
आधा राती निन खुलन्छे, बसेर रुनो छु ।।
घाम भण्या पिरती आगो, सितल भण्या सेल ।।
बिछोड पछि मिलन हुन्या, पिरतीको खेल ।।

छुट्टि मिलाइ छिटै आउनु, सुखि गै परानि ।।
आसुले भिज्याकि भिज्याइ, हातकि सिरानि ।।

फुल फुलि आोइलाइ गयो हजारिका बाग ।।
मुटुको खरानि भयो हिर्दयकि आग ।।

पलुवा पलाउन पस्या चौमासिका बन ।।
तोइ बिना एकलोइ कठै, कसरि हो रन ।।

कोपिला सुहाउँदो भयो, ढकमक्क फुलि ।।
बालकालै लाएको प्रिता, कसरि तुइ भुलि ।।

रख्याको थ्या तेरो माया मुटुमा साचेर ।।
दुखै दुखको यो जिन्दगी, जिउ झुरेउ बाचेर ।।

रचना : नरेन्द्र चन्द ।। बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका ४ भुजनी ।।
Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.