सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दशरथचन्द नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बैतडीको दशरथचन्द नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

नगरपालिकाभरी १६ देखि २३ महिना सम्मका सबै ५ सय ५२ बालबालिकाहरुले पाउनुपर्ने खोप राष्ट्रिय खोप तालिका अनुसार पाएको हुनाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

Sana Kishan

दशरथचन्द नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ), उपप्रमुख कौशिला चन्द, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

World Link Ads
Mahakali Polytechnic

यो संगै जिल्लाका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा गरिएका छन् । जिल्लाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भईसकेकाले भोलि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.