Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एन्जाइटी डिसअर्डर : यो समस्या कतै तपाईंमा पनि त छैन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जीवनको एउटा बिन्दुमा पुग्दा हरेक व्यक्ति एन्जाइटीको सिकार भएको हुन्छ । नकारात्मक भावनाहरूले एन्जाइटी हुन थप सहयोग गर्छ ।

नकारात्मक भावना तनावपूर्ण परिस्थिति सामना गर्न र खतराबाट तयार हुने मस्तिष्कको तरिका हो । उदाहरणको लागि परीक्षाअघि एन्जाइटी भएमा त्यसले धेरै पढ्न र राम्रो परीक्षा दिनको लागि सघाउँछ । किनभने एन्जाइटी भनेकै चिन्ता र डर हो । तर कोही व्यक्तिलाई अति धेरै चिन्ता, तनाव र डर हुन थाल्यो भने यसले खतरा निम्त्याउँछ ।

अति धेरै चिन्ताको भने कुनै फाइदा नै छैन । जो व्यक्तिलाई एन्जाइटी डिसअर्डर छ उसलाई आफ्नो दैनिक जीवन र अवस्थाप्रति धेरै चिन्ता र डर हुने गर्छ । यस्तो नकारात्मक भावनाले दैनिक जीवनमा हस्तक्षेप गर्छ । अनि तनाव र चिन्ताको अवस्था लामो समयसम्म रहिरहन्छ । यो नियन्त्रण बाहिर र असजिलो परिस्थिति बनिदिन्छ । यसो भएका व्यक्तिहरूले आफ्नो अवस्था र आफूलाई गाह्रो हुने स्थानलाई बेवास्ता गर्न खोज्छन् तर सक्दैनन् । यो जटिल अवस्था हो । यस्तो अवस्थामा मेडिकल ट्रिटमेन्टको आवश्यकता पर्छ ।

एन्जाइटी डिसअर्डर भएको व्यक्तिले कसैले पनि आफ्नो समस्यामा ध्यान नदिएको र सबै कुरा आफ्नै टाउकोमा आएको महसुस गर्छ । जसले गर्दा उनीहरू मनोचिकित्सकले भनेको मान्न छोड्ने उपचारबाट भाग्ने गर्दछन् ।

यो सबै आफ्नै टाउकोमा छ भन्ने कुरा पुरै गलत पनि होइन । मानसिक समस्या शारीरिक रूपमा पनि प्रकट हुन्छ । चिन्ता मस्तिष्कबाट सुरु हुन्छ तर यो विभिन्न लक्षणहरूको रूपमा प्रकट हुन्छ ।

एन्जाइटीका मानसिक लक्षणहरू

एन्जाइटीका धेरै लक्षणहरू अरूले देख्न सक्दैनन् । किनभने यसले केही शारीरिक क्षति पुगेको देखिँदैन । मानिसहरूले अरूको दिमाग पढ्न नसक्ने भएकाले आफ्नो तनाव, चिन्ता र डर बुझाउनको लागि अरूलाई सेयर गर्नुपर्छ ।

एन्जाइटीका सामान्य लक्षणहरूमा नर्भस, अस्थिर र तनाव महसुस हुने, खतरा, आतंक र विनाशको डर मात्रै भइरहने, ध्यान केन्द्रित नहुने, चिन्तालाई नियन्त्रण नै गर्न नसक्ने, चिन्ता हुने वातावरणबाट बाहिर निस्कन नसक्ने आदी हुन् ।

एन्जाइटीका शारीरिक लक्षणहरू

मस्तिष्क एक शक्तिशाली अंग हो जसले बाँकी शरीरको लागि केन्द्रीय आदेश दिने काम गर्छ । जब एन्जाइटीले मस्तिष्कमा कब्जा जमाउँछ त्यसपछि मस्तिष्कले अरू अङ्गलाई आदेश दिने प्रणाली बग्रदै जान्छ ।

त्यसपछि विभिन्न अङ्ग र अरू प्रणालीमा त्यसको असरहरू देखा पर्न थाल्छ । त्यसपछि वास्तविक शारीरिक लक्षणहरू देखा पर्न थाल्छ । एन्जाइटीले हृदयाघात, दम, एसिड रिफ्लक्स, स्ट्रोक भएको महसुस हुन्छ । एन्जाइटीका केही शारीरिक लक्षणहरू मुटुको धड्कन बढ्नु, छिटो श्वास फेर्नु, पसिना आउनु, थरथर काम्नु, कमजोरी वा थकान महसुस हुनु, सुत्न समस्या हुनु, ग्यासट्राइटिस हुनु, परित्याग गर्ने व्यवहार सिर्जना हुनु हो ।

खुसीको कुरा के छ भने, एन्जाइटी डिसअर्डरलाई व्यवस्थापन गर्ने थुप्रै उपायहरू छन् । योग र ध्यानले एन्जाइटीको अल्पकालीन र दीर्घकालीन दुवै लक्षणहरूलाई नियन्त्रण गर्छ । त्यति मात्रै होइन केही समय चिकित्सकको सल्लाहमा औषधी सेवन गर्दा पनि यो नियन्त्रण हुन्छ ।

त्यस्तै, संज्ञानात्मक व्यवहार थेरापी गर्दा राम्रो हुन्छ । यसले मस्तिष्कको विचार ढाँचाहरूलाई परिवर्तन गर्न मद्दत गर्छ । व्यायाम र श्वासप्रश्वासको सही अभ्यासले पनि एन्जाइटी व्यवस्थापन गर्न सघाउँछ । त्यसैले यदि तपाईं यी लक्षणहरूलाई महसुस गर्दै हुनुहुन्छ भने मलाई कसैले वास्ता गर्दैनन् भने नसोच्नुहोस् । तपाईंलाई स्वास्थ्य परामर्श दिन तपाई छेउका मानिसहरू तत्पर छन् । मकालु खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व