Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी हुन् डिप्रेसनबाट छुटकारा पाउने १० उपाय !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार २, बिहीबार २१:२८
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

हालै मात्र झापामा एक किशोरीले आत्माहत्या गरेको चर्चा सेलाएको छैन । भनिन्छ, उनी डिप्रेसनग्रस्त थिइन् । मनोविद्हरुका अनुसार अहिले आत्माहत्याको मूख्य कारण नै डिप्रेसन बन्दैछ ।

भयवह बन्दै

विश्व स्वास्थ्य संगठनको आंकलनमा सन् २०२० सम्ममा विश्वको लागि ठूलो चुनौती बन्नेछ, डिप्रेसन । मुटु रोगपछि डिप्रेसन दोस्रो ठूलो समस्याको रुपमा देखापर्ने अनुमान गरिएको छ । अन्य अध्ययनहरुले समेत डिप्रेसले संसारलाई गाँज्दै गएको देखाउँदै यसले निम्त्याउने संभावित खतराबारे सचेत गराएको छ ।

डिप्रेसन मूलत मानसिक समस्या हो । तर, डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।

डिप्रेसनको लक्षण देखिएको लामो समयपछि मात्र हामीले थाहा पाउँछौ कि, मलाई डिप्रेसन भएको छ । यद्यपी सुरुवाती अवस्थामै यसबारे थाहा भयो भने उपचार जटिल हुँदैन । त्यसबाट सजिलै उम्कन सकिन्छ । त्यसैले डिप्रेसनको लक्षणबारे सबैले बुझ्नैपर्छ । आफुमात्र होइन, आफ्ना परिवार समेत डिप्रेसनमा छ÷छैन भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

यी अवस्थामा डिप्रेसन भएको हुनसक्छ

– राम्ररी निद्रा नलाग्नु
– भोक कम लाग्नु
– अपराध महसुस गर्नु
– जतिबेला पनि उदास रहनु
– आत्मविश्वासको कमि
– थकान र सुस्तता महसुस हुनु
– यौन उत्तेजनाको अभाव
– मादक पदार्थ सेवन गर्नु
– एकाग्रतामा कमी
– आत्महत्या गर्ने सोच
– कुनै पनि काममा रुची नलिनु

कसरी बच्ने न यसबाट ?

डिप्रेसनबाट बच्ने राम्रो विधी भनेको यसबारे खुलेर कुराकानी गर्नु । आफ्नो नियमित जिन्दगीमा सानोतिनो सुधार ल्याएर व्यवस्थित गरौ । आफू र आफ्नो शरीरका लागि समय दिनुपर्छ । यो कसरी गर्ने त, आउनुस चर्चा गरौं ।

१. कुरा गरौं, सहयोग मागौ

डिप्रेसनमा परेका व्यक्तिहरुले यसबाट बाहिर निस्किनका लागि आफ्नो मनले खाएका प्रियजनहरुसँग नियमित सम्पर्कमा रहनुपर्छ । उनीहरुलाई खुलेर आफ्नो समस्याहरु सेयर गर्नुस र परिस्थितिसँग लड्नका लागि उनीहरुको मद्दत माग्नुस् ।

यसमा अप्ठ्यारो मान्नुपर्ने कुनै कुरा छैन ।सबैभन्दा नजिकका साथीहरुले खराब समयबाट बाहिर निकाल्दैनन् भने अरु कसले निकाल्छ ?

२. स्वस्थ खाना र व्यायाम

स्वस्थकर र सन्तुलित कानपानबाट मन खुशी रहन्छ । यसैगरी, कैयन् वैज्ञानिक सोधले प्रमाणित गरेका छन् कि डिप्रेसन हटाउने सबैभन्दा प्रभावकारी तरिका भनेको व्यायाम हो । हामीले व्यायाम गर्दा सेरोटोनिन र टेस्टोस्टेरोनजस्ता हार्मोनहरु रिलिज हुन्छन् जसले दिमागलई स्थिर गर्छ ।

डिप्रेसनलाई बढाउने खालका विचारहरु आउन रोकिन्छ । व्यायामले हाम्रो शरीरलाई स्वस्थ मात्र बनाउँदैन, बल्कि शरीरमा सकारात्मक उर्जाको सञ्चारसमेत गर्छ ।

३. आफूभित्रको लेखकलाई फेरि जगाउने

भनिन्छ कि आफूभित्रको भावना यदि अरु कसैसँग व्यक्त गर्न सकिँदैन भने कागज र कलम लिएर त्यसलाई अक्षरमा उतार्नुपर्छ । लेख्दा मनमा भएको कुण्ठाहरु पोखिन्छन् । यसका अलावा आत्मनिरिक्षण र विश्लेषण गर्न पनि मद्दत मिल्छ ।

डायरी लेखेर मानिसहरु चमत्कारी ढंगबाट डिप्रेसनमुक्त भएको धेरै भेटिन्छ । आजका ब्लगको विकल्प पनि छ । अथवा, फेसबुकमा पनि आफ्ना विचारहरु अभिव्यक्त गर्न सकिन्छ ।

४. साथीसँग नजिकिने, नकारात्मक व्यक्तिसँग टाढिने

असल साथीहरुले हाम्रो मुडलाई राम्रो बनाइराख्छन् । उनीहरुबाट हामीले आवश्यक सहानुभूति पनि प्राप्त गर्न सकिन्छ । उनीहरुले हाम्रो कुरालाई ध्यानपूर्वक सुन्छन् । डिप्रेसनका दौरानमा यदि हाम्रो मनोभावलाई कसैले धैर्यता र ध्यानपूर्वक सुन्यो भने पनि हामीलाई राम्रो लाग्छ ।

असल साथीहरुसँग नजिक हुनुका अलावा नकारात्मक विचारले भरिएका व्यक्तिहरुसँग यतिबेला टाढा बस्नु आवश्यक छ । अन्यथा उनीहरुले हाम्रो मनोबल गिराउँछन् ।

५. जागिरको समिक्षा गरौं

आजकाल कार्यस्थलमा कर्मचारीहरुलाई खुशी राख्ने विषयमा ठूला ठूला कुरा गरिन्छन् । तर, वास्तविकता भने अलग हुन्छ । यदि हामी पनि कार्यस्थलमा तनावयुक्त महसुस गरिन्छ भने आफ्नो जागिरबारे पुनर्विचार गर्नुपर्छ ।

हुन सक्छ जागिर नै हाम्रो चिन्ताको प्रमुख कारण होस जसले हामीलाई डिप्रेसनतर्फ धकेलेको होस । यस्तो जागिर त्यागिदिनुस ताकि तनावमुक्त भएर बाँच्न सकियोस । हामी यसको विकल्पमा अरु काम खोज्न सकिन्छ । तर, खाली नबसौं ।

६. नियमितरुपमा छुट्ट लिने

एउटै अफिस, शहर र दिनचर्याले पनि मानिसहरुलाई बोर गर्छन् र विस्तारै नकारात्मकतातर्फ लैजान्छन् ।

माहौल बदलिइरहँदा नकारात्मक विचारलाई टाढा राख्न मद्दत मिल्छ । यदि लामो विदा पाइएन भने सप्ताहान्तमा नै कतै निस्कनुपर्छ । अनुसन्धानले के देखाएको छ भने नियमितरुपमा विदा बस्ने व्यक्तिहरुको तुलनामा विदा कम बस्ने व्यक्तिहरु बढि तनावमा रहन्छन् ।

७. पर्याप्त सुत्ने

एउटा आनन्दको निद्राले हामीलाई सकारात्मक उर्जाले भरिदिन्छ । अध्ययनबाट पत्ता लागेको छ कि दैनिक ७ वा ८ घन्टा सुत्ने व्यक्तिहरुमा डिप्रेसनको लक्षण कम देखिन्छ । त्यसैले व्यस्तताका बाबजुद आफ्नो निद्रासँग सम्झौता नगरौ ।
८. हल्काफुल्का संगीत सुनौ

जब मानिसहरु डिप्रेसनबाट ग्रस्त हुन्छन्, मिठो संगीत सुन्दा उनीहरुलाई आनन्द लाग्छ । यो तथ्य कैयन वैज्ञानिक सोधहरुले पुष्टि गरिसकेका छन् । त्यसैले जब तपाईं मानसिकरुपले समस्यामा हुनुहुन्छ, आफ्नो मन पर्ने संगीत सुनौ ।

संगीतमा मानिसको मुड बदल्ने र मनलाई अवसादबाट बाहिर निकाल्ने अद्भुत शक्ति हुन्छ । तर, अति दुखी गीतहरु चाहिँ नसुनौ । यसले उल्टै डिप्रेसनलाई बढाउँछ ।

९. पुराना कुराहरु नसोचौ

आफ्ना पुराना गल्तिहरु सम्झिने र त्यसमा पछुतो मान्ने गरियो भने झनै डिप्रेसनको चंगुलमा फसिनेछ । पुराना कुराहरु हाम्रो नियन्त्रणमा हुँदैनन् । त्यसलाई दिमागमा राखेर के फाइदा ? पुराना कुराहरु सोच्नुभन्दा आजमा केन्द्रित हुने ।

१०. मानिससँग घुलमिल हुने

डिप्रेसनबाट ग्रस्त भएको व्यक्तिले आफूलाई बाँकी दुनियाबाट टाढा राख्नु नै सबैभन्दा सजिलो समाधान ठान्छ । किनभने आफ्नो समस्या अरु कसैले पनि बुझ्दैनन् भन्ने उसलाई लाग्छ ।

तर, यसो गर्दा डिप्रेसनको समाधान होइन उल्टो फल्ने फुल्ने मौका पाउँछ । यदि आफ्ना नजिकका आफन्त र साथीहरुसँग पनि आफ्ना कुराहरु सेयर गर्न सकिएन भने मनोचिकित्सकको सल्लाह लिनुस् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २, बिहीबार २१:२८
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार २, बिहीबार २१:२८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार २, बिहीबार २१:२८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ असार २, बिहीबार २१:२८
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार २, बिहीबार २१:२८
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार २, बिहीबार २१:२८
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार २, बिहीबार २१:२८
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार २, बिहीबार २१:२८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार २, बिहीबार २१:२८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व