Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काँसको थालमा खाना खाँदा स्वास्थ्यलाई फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २९, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खाना कस्तो खान्छौं त्यही अनुसार हाम्रो स्वास्थ्यस्थिति निर्धारण हुन्छ । खाना कसरी खान्छौं त्यसले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ । त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग नाता जोड्छ ।

पछिल्लो समय प्लास्टिक हाम्रो जीवनको एउटा अंग बनिसकेको छ । यसले हाम्रो जीवनमा गम्भीर किसिमका रोगहरु पनि निम्त्याउँदै छ । जस्तै, क्यान्सर, हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरु हामीले प्लास्टिककै कारण निम्त्याउने गरेका छौं । यस्तो समस्याको बारेमा जनचेतना जगाउँदै गर्दा पनि यसको प्रयोग भने बढिरहेको छ ।

धातुको भाँडावर्तन लाभदायक

धातुका भाँडाहरु खानेकुराको प्रकृति अनुसार मिलाउन सके यो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । त्यसमा पनि काँसका भाँडाहरु बहुउपयोगी हुने गर्छन् । यसको प्रयोग सबैभन्दा पहिले संहिता कालदेखि सुरु भएको पाइएको छ । त्यही समयदेखि धेरैले यसको प्रयोग गर्दै आएको छन् ।

यो धातुहरु मध्येको विशिष्ठ किसिमको धातु हो । काँसमा कपरको मात्रा ७८ प्रतिशत र टिनको मात्रा २२ प्रतिशत हुन्छ । यी दुई धातुलाई ७०० सेन्टिग्रेटसम्म तताएर शुद्ध चरेस बनाउन सकिन्छ । यो आफैंमा नरम किसिमको धातु हो । यसको नरमपनाको कारणले नै यसलाई विभिन्न किसिमका हस्तकलाहरुमा पनि प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग खाना खाने थाल, पानी पिउने अम्खरा जस्ता भाँडाकुडा बनाउन पनि प्रयोग गरिन्छ । यस्तोमा खाना राखेर खानु स्वास्थ्यको लागि समेत फाइदाजनक मान्ने गरिन्छ ।

कपर वा पित्तलको भाँडोमा अमिलो खानेकुराहरु राख्न या पकाउनु स्वास्थ्यको लागि हानिकारक मानिन्ट । यी धातुले अमिलो पदार्थ, नुन र कागतीसँग मिल्दा रासायनिक प्रतिक्रिया गराउने भएकोले यी भाँडाहरुमा यस्ता खानाहरु खानु हुँदैन ।

यस्ता खाना पकाउनको लागि त्यही भएर पनि यी भाँडाहरु सिफारिस गर्ने गरिँदैन । तर, काँसको भाँडामा बढी अम्लीय पदार्थ भएका खाद्य पदार्थ पनि रासायनिक प्रतिक्रिया हुँदैन । त्यसैले यो भाँडा खाना खान र पकाउनको लागि राम्रो मानिन्छ ।

काँसका भाँडाका फाइदाहरु

आयुर्वेद प्रकाश नामक ग्रन्थका अनुसार काँसको भाँडामा खाना पकाउँदा या खाँदा निम्न फाइदाहरु हुन्छन् ।

शुद्ध हुने

कुनैपनि मानिसलाई स्वस्थ राख्नको लागि उनीहरुले खाने भाँडा र पकाउने भाँडा कस्तो छ ? त्यसको पनि असर हुन्छ । यसले पौष्टिकतामा मात्रै नभएर स्वादमा पनि प्रभाव पार्ने गर्दछ । मानिसको शारीरिक स्वस्थको आधार खानाको पाचन प्रणालीसँग जोडिएको हुन्छ । खानाको पाचन प्रणाली सहज र सरल बन्नु नै स्वास्थ्यको पहिलो आधार हो । काँसको भाँडा वा चरेस मिसाइएको भाँडामा खाना पकाउँदा त्यो खाना आफैंमा शुद्ध हुने गर्छ । त्यसले यसले शरीर भित्र पुगेपछि हुने पाचन प्रणालीलाई पनि सहयोग पु¥याउँछ ।

यो हाम्रो शरीरको लागि असाधारण स्वास्थ्यबर्द्धक सम्पत्ति पनि हो । आयुर्वेदिक भौतिक शास्त्रीहरुले समेत काँसमा खाना खानुलाई एक किसिमको चिकित्सा विधिको रुपमा चर्चा गरेका छन् । यसले शरीरमा प्रवेश गर्ने सम्भावना रहेका जीवाणुहरुलाई मारेर खानालाई हाइजनिक बनाइराख्न मद्दत गर्छ ।

संस्कृत वाक्यांशमा ‘कांस्यांम् बुद्धिबर्धकम्’ भनिएको छ । जसको अर्थ कांस्य धातुमा खाना खाने वा पकाउनु बुद्धिकर्धक हुने गर्दछ भन्ने हुन्छ । यस्तो शुद्ध धातुमा खाना खानुले रोग प्रतिरोधात्मक क्षमताको समेत विकास हुने सो शास्त्रमा उल्लेख छ ।

कसरी हुन्छ यसको काम ?

यसलाई राम्रोसँग प्रयोग गर्न सकेको खण्डमा यो स्वास्थ्यको लागि एकदमै स्वास्थ्यबर्द्धक हुने गर्छ । यसलाई कसरी प्रयोग गर्ने ? भन्ने सम्बन्धमा ३ वटा विषयहरु आउने गरेका छन् ।

१. कुनैपनि काँसको भाँडोमा कम्तिमा ८ घण्टासम्म पानी भिजाएर राख्न सकिन्छ । त्यसले भोक लागेको बेलामा पौष्टिक खाजा खाएको जति सन्तुष्टि र तागत दिने गर्छ ।

२ यस्तो पानी बासी हुने गरी राख्नु हुँदैन । यसरी समय मिलाएर खान सकेको खण्डमा हामीलाई हुनसक्ने डायरिया, जण्डिस जस्ता रोगहरु बिरुद्ध लड्न पनि मद्दत गर्ने गर्छ ।

४. यसलाई दिमागी शक्तिवर्द्धक औषधि पनि मान्ने गरिन्छ ।

४. यसकाका भाँडाहरूबाट पिउने र खानपान गर्नु थाइराइड ग्रन्थीका लागि उत्तम मानिन्छ ।

५. काँसको भाँडा अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्नको लागि दैनिक प्रयोग गर्न सकिन्छ । यसले पनि हेमोग्लोबिनमा सुधार गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३
रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

भदौ १५, २०८३
कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

भदौ १५, २०८३
भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भदौ १५, २०८३
भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भदौ १५, २०८३
बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व