Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्षायाममा खानुपर्छ यस्तो खानेकुरा, जसले रोग प्रतिरोधक क्षमता बढाउँछ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २७, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अत्यासलाग्दो गर्मी लगत्तै आउने वर्षायामको मौसम त रमाइलो नै हुन्छ । तर वर्षायामले सुन्दर र रमाइलो मौसम मात्रै लिएर आउँदैन ।

वर्षायाममा तपाईले नचाहेको स्वास्थ्य समस्याले तपाईलाई सताउन पनि सक्छ । यस ऋतुमा खासगरि रुघाखोकी, चिसो, पखाला र फ्लु जस्ता समस्याले तपाईलाई सताउन सक्छन् ।

तपाईले विशेष सावधानी राखेर आफ्नो खानामा सुधार गर्नुभयो भने तपाईले यस मौसममा आफूले चाहेको जस्तो खुसीयाली पाउन सक्नुहुन्छ । यसको लागि तपाईले आफ्नो खानामा थोरै परिवर्तन गरेर आफ्नो पाचन प्रणालीलाई सजिलो हुने खाना खाँदा उपयुक्त हुन्छ । यस्तै तपाईले आफ्नो मेटाबोलिक स्तरलाई बढाउन पनि सक्नुहुन्छ ।

यी हुन वर्षायाममा तपाईले आफ्नो खानामा समावेश गर्नुपर्ने १० चीज

१. लसुन

एन्टिअक्सिडेन्टले भरिपूर्ण लसुन प्रतिरक्षा प्रणाली बढाउन उपयोगी हुन्छ । साथै, यसले तपाईको पाचनप्रणालीलाई सजिलो बनाउँछ र मेटाबोलिक रेट घट्न दिँदैन । तपाईले आफ्नो खानामा लसुनको पोटीलाई थिचेर राखेमा त्यसले खानाको स्वाद पनि बढाउँछ र स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

२. अदुवा

वर्षायामको बारेमा सोच्दा धेरैको दिमागमा सबैभन्दा पहिले अदुवाको चिया दिमागमा आँउछ । अदुवाको आगो जस्तो प्रकृतिले तपाईको मुड पनि ठिक बनाउँछ र तपाईको मेटाबोलिजमको स्तर पनि बढाउँछ । ताजा अदुवा एक कप तातोपानीमा राखेर त्यसमा एउटा कागती थिच्नुहोस् । त्यसमा एक चम्चा मह थपेर सेवन गर्नुभयो भने यसले धेरै राम्रो गर्छ ।

३. नास्पाती

नास्पातीको रोग प्रतिरोधी क्षमता बढाउने गुणको बारेमा धेरैले चर्चा गर्दैनन् तर यो धेरै कमालको फल हो । यो स्वादिलो फलमा भिटामिन मिनरल्स अत्याधिक प्रचुर मात्रामा पाइन्छ, जसले तपाईलाई रोगहरुबाट बचाउँछ ।

यसमा कपर भिटामिन सी र भिटामिन बि१२ पनि प्रचुर मात्रामा पाइन्छ । यसले शरीरलाई चिस्याउने भएकाले ज्वरो कम गर्न पनि सघाउँछ । त्यसैले वर्षायाममा दैनिक एक गिलास ताजा नास्पातीको जुस पिउने वा केही टुक्रा नास्पाती खाने गर्नुहोस ।

४. बेसार

मसलाको रुपमा प्रयोग हुने यो पहेँलो धुलो प्रतिरोधी प्रणाली बढाउनको लागि धेरै नै उपयोगी हुन्छ । यो प्राकृतिक एन्टिसेप्टिक र एन्टिवायोटिक एजेन्ट पनि हो । त्यसैले तपाईलाई रुघाखोकी वा ज्वरो खाएको बेलामा दुधमा बेसार मिसाएर पिउने सल्लाह दिइन्छ ।

बेसारले रगतमा सुगरको लेभल नियन्त्रण गर्न पनि सघाउँछ । वर्षायाममा बिरामीबाट बच्न एक गिलास दुधमा आधा चम्चा बेसार र एक चम्चा मह राखेर खानुहोस् ।

५. मरिच

आफ्नो अमलेट, सुप वा खिचडीमा थोरै मरिच राखेर खाने गर्नुहोस् । यो पिरो कालो दाना स्वादिलो मात्रै हुँदैन यसमा स्वास्थ्य राम्रो बनाउने धेरै गुणहरु पनि हुन्छ ।

ज्वरो खोकी चिसो मांसपेसीको समस्या जस्ता बिरामीको प्राकृतिक औषधी हो । तपाईले आफ्नो खानामा यसलाई राख्नुभयो भने त्यसले धेरै राम्रो गर्छ । आधा चम्चा मरिचको धुलो, आधा चम्चा नै बेसार दुइ चम्चा मह र दुध मिसाएर खानुभयो भने त्यसले तपाईलाई धेरै राम्रो गर्छ ।

६. बदाम

बदाम प्रोटिनको धेरै राम्रो स्रोत हो । थोरै चिल्लो हुने बदाममा स्वास्थ्यको लागि लाभदायक धेरै खालका पोषकतत्वहरु पाइन्छ । स्वादिलो बदामले तपाईको पाचन प्रणालीलाई सुधार गर्छ , सुगर लेभल नियन्त्रणमा राख्छ र विभिन्न रोगहरु लाग्नबाट बचाउँछ । नियमित केहि बदाम भिजाएर खानुहोस् ।

७. स्याउ

वर्षायामको सन्दर्भमा हेर्ने हो भने दैनिक एउटा स्याउ खाएमा डाक्टरको जरुरत नै पर्देन भन्ने भनाइ मेल खान्छ । आफ्नो सन्तुलित र स्वस्थ खानाको हिस्साको रुपमा दैनिक एउटा स्याउ खानुहोस् । तपाईलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगाउने धेरै थरि तत्वहरु स्याउमा हुन्छन् । यसले तपाईको पाचनप्रणालीलाई राम्रोसँग काम गर्न पनि सघाउँछ ।

८. अनार

अनारमा विशेषगरि भिटामिन सी पाइन्छ जसले तपाईको शरीरमा भएको प्रोटिनलाई राम्रोसँग काम गर्न सघाउँछ । यसले तपाईको पाचनप्रणालीलाई स्वस्थ र सफा बनाउँछ । साथै यसले तपाईको प्रतिरोधी प्रणाली राम्रो बनाउँछ र तपाईलाई विभिन्न रोगहरुबाट लड्न सघाउँछ ।

९. चुकन्दर

यसमा विभिन्न पोषक तत्वहरु, भिटामिन र मिनरल्सहरु हुन्छन् । साथै थोरै क्यालोरीको हुन्छ र शाकाहारी मानिसको लागि झनै उपयोगी हुन्छ । तपाईले दैनिक एक गिलास चुकन्दरको जुस पिउन सक्नुहुन्छ र वर्षायामको समयमा आफ्नो स्टामिना ताजा बनाउन सक्नुहुन्छ ।

१०. पानी

वर्षायाममा तपाईलाई स्वस्थ्य राख्नको लागि पानी सबैभन्दा महत्वपूर्ण चिज हो । धेरै मानिसको चिसो मौसममा पानीको मात्रा घटाउने चलन हुन्छ तर, यसले तपाईलाई विभिन्न स्वास्थ्य समस्याको जोखिममा पार्न सक्छ । दिनमा कम्तीमा पनि ८ गिलास पानी पिउनुहोस् । साथै आफ्नो मेटाबोलिजमलाई कायम गर्न तातो पानी पिएमा झनै राम्रो ।

वर्षायाममा कस्तो खाना खाने ?

१. नास्पाती, अनार, आँप, अम्बा, स्याउ जस्ता फलफूल धेरै खानुहोस् ।

२. सोडियम कम हुने खानाहरु खानुहोस जसले तनाव र शरीरमा पानीको मात्रा कम हुने समस्या घटाउँछ ।

३. आफ्नो खानामा जौ, गहुँ र ओट्सहरु समावेश गर्नुहोस् ।

४. पानी धेरै हुने खाना भन्दा सुख्खा खानाहरु आफ्नो खानामा समावेश गर्नुहोस् ।

५. दहि, दुध र बटर धेरै खानुहोस्

६. खानामा तितो सागसब्जी र जडिबुटी जस्तै करेला, निम समावेश गर्नुहोस् ।

७. माछामासु र गोलभेडा कम खानुहोस्

८. चिया पिउँदा जडिबुटी युक्त चियाहरु पिउनुहोस् । अदुवा, ल्वाङ, मरिच जस्ता चिजहरु चियामा मिसाउन सक्नुहुन्छ ।

९. हरियो पात हुने सागसब्जी कम खानुहोस् ।

१०. आइसक्रिम जस्ता चिसो खानेकुरा नखानुहोस्, बरु घरमै बनाइने सुपहरु पर्याप्त खानुहोस् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३
रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

भदौ १५, २०८३
कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

भदौ १५, २०८३
भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भदौ १५, २०८३
भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भदौ १५, २०८३
बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व