Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन आउँछ गिजाबाट रगत ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ जेष्ठ २६, बिहीबार २१:००
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट रगत आएमा सामान्य मान्न नहुने विशेषज्ञहरु बताउँछन् ।

सर्जिकल ओन्कोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष तथा सर्जन डा. प्रकाशराज न्यौपानेले क्याक्टेरियाको सङ्क्रमणले मुखमा इन्फेक्सन भई गिजा सुनिने बताउँछन् । दाँत कीराले खानु, गिजा सुनिनु, रगत आउनु, पाक्नु आदि दाँतका समस्या हुन् । यद्यपि गिजाबाट रगत आउनु दन्तहर्ष हो । यो रोग दाँतसँग मात्रै सम्बन्धित नभएर शरीरका अन्य संवेदनशील अंगमा रोग लागेर लक्षणका रूपमा गिजाबाट रगत आउँछ । यस्तै, गिजामा भएको इन्फेक्सनले रक्तसञ्चारमार्फत् पनि मुटु, कलेजो, मस्तिष्क फोक्सो लगायतमा पनि सङ्क्रमण गराउन सक्छ ।

त्यस्तै, मुखको सफाइ नभएमा, मुखमा सङ्क्रमण भएमा, ल्यूकेमिया आदिले गिजाबाट रगत बग्ने गर्छ । गुणस्तरीय खानपान नहुँदा तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा पनि गिजाबाट रगत बग्ने गर्छ । डा न्यौपानेका अनुसार अन्य व्यक्तिलाई भन्दा सुर्तीजन्य पदार्थ खाने तथा धुम्रपान गर्नेहरुमा गिजाबाट रगत आउने समस्या बढी देखिन्छ ।

गिजाबाट रगत बग्ने कुरालाई सामान्य रूपमा लिन नहुने सर्जन डा. न्यौपाने बताउँछन् । उपचारमा ध्यान नदिइए सङ्क्रमणको ठूलो रूप लिन सक्छ । गिजा कमजोर हुँदा दाँत हल्लिने र झर्ने समस्या आउन सक्छ ।

गिजामा रोग लाग्ने मुख्य कारण

विशेषत गिजामा रगत अर्थात् सङ्क्रमण धूम्रपान गर्नेलाई बढी हुने सर्जन डा. न्यौपाने बताउँछन् । दाँतको उपचार गरेपनि गिजाको उपचारमा भने धेरैले त्यति ख्याल गर्दैनन् । मुखको स्वास्थ्यलाई अझै पनि गम्भीर ढंगले नलिंइदा गिजामा जटिल समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

सर्जन डा. न्यौपानेका अनुसार हर्मोनको गडवडी, ब्लड क्यान्सर हुँदा, सुगर नियन्त्रण नहुँदा पनि गिजाबाट रगत बग्छ । त्यस्तै मुख स्वास्थ्यमा ध्यान नदिँदा अर्थात् खाना खाइसकेपछि कुल्ला नगर्ने, नियमित ब्रस नगर्नेहरुको गिजाबाट रगत बग्छ ।

गिजाबाट रगत बग्न नदिन के गर्ने ?

गिजामा समस्या आउन नदिन गुणस्तरीय खानामा जोड दिनुपर्ने सर्जन डा. न्यौपानेको सुझाव छ । कार्बोहाइड्रेट भएको खाना खाइसकेपछि नियमित रूपमा कुल्ला गर्ने बानी अनिवार्य रूपमा बसाल्नुपर्छ ।

यस्तै, धेरैले सही तरिकाले दाँत सफा गर्दैनन् । धेरैले मुखको तल्लो भाग र माथिल्लो भागमा मात्रै ब्रस गर्छन् । ब्रस गर्दा दाँतका पाँचवटा भाग सफा गर्न डा. न्यौपानेको सुझाव छ । ब्रस बिहान उठ्ने बित्तिकै र राति सुत्नुअघि गर्नुपर्छ ।

दीर्घरोगी वा कुनै रोगका पीडितले सकेसम्म बिहान उठ्ने बित्तिकै र खाना खाए लगत्तै ब्रस गर्नु उपयुक्त हुन्छ । विज्ञापनमा प्रचारप्रसार गरिएजस्तो मञ्जनले मात्रै कीटाणु मर्दैनन् । खासमा मुख भित्रका कीटाणु मार्ने एन्टी ब्याक्टेरियल प्रोपर्टी हाम्रो थुकमा नै हुन्छ । विज्ञापनको पछाडि लागेर जुन पायो, त्यही मञ्जन प्रयोग गर्न हुँदैन । माया श्रेष्ठले रातोपाटीमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ जेष्ठ २६, बिहीबार २१:००
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ जेष्ठ २६, बिहीबार २१:००
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ जेष्ठ २६, बिहीबार २१:००

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ जेष्ठ २६, बिहीबार २१:००
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ जेष्ठ २६, बिहीबार २१:००
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ जेष्ठ २६, बिहीबार २१:००
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ जेष्ठ २६, बिहीबार २१:००
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ जेष्ठ २६, बिहीबार २१:००
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ जेष्ठ २६, बिहीबार २१:००

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व