Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोक लाग्दा किन रिस उठ्छ, यस्तो छ कारण !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोक लाग्दा धेरै रिस उठ्छ । नउठोस् पनि किन ? आखिर भोक न हो । तर भोक लाग्दैमा किन रिस उठ्छ त ? कहिल्यै विचार गरिएको छ ?

लण्डनस्थित किंग्स कलेजका पोषणविद् सोफी मेडलिनलाई आधार मान्ने हो भने हाम्रो शरीरमा जब चिनीको मात्रा कम हुन्छ, तब शरीरमा कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको मात्रा अचानक बढ्छ । कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको सीधा सम्बन्ध तनाव तथा आक्रोशसँग हुन्छ । यसको नकारात्मक असर मस्तिष्कमा पर्दछ ।

मस्तिष्कबाट निस्कने न्युरोपेप्टाइड्स नामक केमिकल्सले यी केमिकल्सलाई नियन्त्रित गर्ने गर्दछ । यही केमिकल्सकै कारण भोक लागेको महसुस हुन्छ भने रिस उठेको पनि महसुस हुने गर्दछ ।

त्यसैले गर्दा अत्यधिक मात्रामा भोक लाग्दा रिस उठेको महसुस हुने सोफी मेडलिन बताउँछिन् । भोक लाग्दा पेटमा ऐँठन तथा आन्द्र्रा बटारिएजस्तो महसुस हुने गर्दछ । त्यसैले सामाजिक सञ्जालले यसलाई हेंगरको संज्ञा दिएका छन् । हेंगर भनेको हंग्री र एंगर अर्थात भोक र रिस मिलेर बनेको शब्द हो ।

यो समस्याबाट पुरुषको तुलनामा महिलाहरू बढी पीडित हुने बताइन्छ । यद्यपि यसको पुष्टि भने भएको छैन ।

भोक लाग्दा पुरुषलाई किन उठ्छ रिस ?

सोफी मेडलिनका अनुसार मानव मस्तिष्कमा न्युरोपेप्टाइडको असर महसुस गर्नका लागि ज्यादा रिसेप्टर हुन्छन् । यसमा एस्ट्रोजेन नामक हर्मोनको असर पनि हुने गर्छ । एस्ट्रोजनसित टेस्टस्टेरोनको सम्बन्ध रहने गर्छ । खानासित भावनाको सम्बन्ध हुने कुरालाई पुरुषहरू विरलै मान्ने गर्छन् । जब कि महिला बढी संवेदनशील हुने भएकाले उनीहरूलाई भोकसित धेरै जोड्ने गरिन्छ ।

भोकले बिगार्न सक्छ सम्बन्ध ?

सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार रगतमा चिनीको मात्रा कम हुनाले विवाहित जोडीको सम्बन्धमा तनाव बढ्छ र उनीहरू हिंस्रक हुने गर्छन् ।

त्यसो भए भोकले निम्त्याउने रिसबाट कसरी बच्न सकिन्छ ?

सोफीका अनुसार भोकका कारण निम्तने रिससित कसरी बच्न सकिन्छ भन्ने कुरा तपाई खाना कतिबेला खानु हुन्छ भन्ने कुरामा निर्भर गर्छ ।

त्यसैले भोक लागेपछि खाइहाल्नु उत्तम हुन्छ । खानामा पनि सकेसम्म अमिलो, पिरो तथा गुलियो खानेकुरा खान उत्तम हुन्छ । यस्ता खानेकुराले शरीरमा सुगरको मात्रा बढाउनुका साथै रिस समेत उठ्न दिँदैन । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व