Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हामीले विषादीयुक्त तरकारी र फलफूलबाट कसरी बच्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

केही दिनअघि मात्र स्वास्थ्यलाई हानी–नोक्सानी पु¥याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा निर्वाध बिक्री भइरहेको खबरले चिन्तित तुल्यायो । किनकि, म पनि त्यही बजारको उपभोक्ता हुँ र राम्रा रसिला आँप देखेपछि किनेर घर लैजाने मन सबैको हुन्छ ।

 

बगैंचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ ।

 

बगैंचामा फलेको आँप असारको दोस्रो–तेस्रो सातापछि मात्र पाक्ने भएकाले व्यापारीले कार्बाइड प्रयोग गरेर जेठ १५ पछि नै बजारमा बिक्री गर्न ल्याउँछन् । आँप हेर्दा बोटमै पाकेको जस्तै देखिन्छ । आँखा लोभिएपछि मुख रसाउँछ अनि घर लैजाऊँ लैजाऊँ लाग्छ ।

 

मूल्य राम्रो पाउने र समय अगाडि नै व्यापार गर्ने होडबाजीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । आँप मात्र होइन अन्य बेमौसमी फलफूल र तरकारीमा समेत मनग्य विषादीको प्रयोग हुँदै आएको छ । नेपालभित्रै पनि दर्जन प्रकारका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुन सक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भनेर ।

 

डा. अच्युतशाली घिमिरे

यस्ता विषादीबाट बच्न हामीले सकभर मौसम अनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ । अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल तथा तरकारीहरु किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ ।

 

जसका कारण फलफूल र तरकारीमा पाइने खनिज तत्व, भिटामिन शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छ । विषादीमुक्त तरकारी र फलफूलको सेवनले रगतको संरचनालाई मजबुत राखेर हामीलाई दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पु¥याउँछ । यी खाद्यान्न रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछ ।

 

फलफूलमा हुने अधिक एन्टिअक्सिडेन्टले जीर्ण रोग लाग्नबाट बचाउँछ । रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणाली ठीक राख्न, साथै विभिन्न अंगहरुको तन्दुरुस्तीको लागि विषादीमुक्त फलफूल र तरकारीको महत्वपूर्ण योगदान रहन्छ । तर यिनै फलफूल र तरकारी विषादीयुक्त हुँदा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका भएर जन्मिने खतरा बढ्छ । अझ विषादीयुक्त फलफूल काँचै खाएपछि मात्र औषधि प्रयोग भएको भन्ने थाहा हुन्छ ।

 

खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ । तत्कालै बान्ता हुने, पेट दुख्ने तथा कालान्तरमा छालाका रोगहरु देखिने, क्यान्सर, ट्युमर तथा नसा सम्बन्धी स्वास्थ्य समस्या देखिन्छ । मानिसको जीवनलाई मात्र नभई पर्यावरणमा रहेका माटो, हावा, पानीको स्रोत तथा वन्यजन्तुलाई समेत विषादीले ठूलो असर गर्छ । त्यसैले अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दुर्गन्ध हटाउन विषादी प्रयोग गर्ने निर्णयको केही विरोध पनि भएको छ ।

 

त्यसैले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको कीरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने देखिन्छ ।

 

यदि केही गरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट केही आंशिक रुपमा भए पनि बच्ने सामान्य तरिका अपनाउन सकिन्छ ।

 

बजारबाट ल्याएको फलफूल तरकारीलाई राम्ररी धुने, पखाल्ने गर्नुपर्छ, तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ । त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन हामीले भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सक्छौं । घरको भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ । नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ ।

 

त्यसपछि नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २० मिनेटसम्म डुबाएर राख्नुपर्छ । यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्दछ । त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ ।

 

स्वास्थ्य मन्त्रालयलाई जनताको सुस्वास्थ्यमा त्यति सरोकार नभए पनि आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु निकै बुद्धिमानी हुन्छ ।

(स्रोत : onlinekhabar.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

भदौ १५, २०८३
कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

भदौ १५, २०८३
भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भदौ १५, २०८३
भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भदौ १५, २०८३
बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व