सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कतै अण्डा बिग्रिएको त छैन ? यसरी पत्ता लगाउनुहोस् !!

अक्सर हाम्रो भान्सामा अण्डा पाक्छ । अण्डा पकाउन छिटो र खान उत्तिकै मीठो । तर, अण्डा खरिद गर्दा त्यो बिग्रिएको छ÷छैन भन्ने कुराको हेक्का हामीलाई नहुनसक्छ ।

अण्डा बिग्रिएको छ÷छैन भन्ने कुरा हेरेर थाहा पाउने कुरा भएन । यसको उत्पादन मिति पनि हुने कुरा भएन । यद्यपि, धेरै झण्झट मान्नु पर्दैन । केही काइदा छन्, जसले अण्डाको अवस्था बुझ्न सकिन्छ । त्यो पनि सजिलै ।

चिसो पानीमा डुबाउनुस्

World Link Ads
Mahakali Polytechnic

अण्डालाई चिसो पानी राखेको कचौरामा हाल्नुस् । पानीको मात्रा अण्डाभन्दा दोब्बर हुनुपर्छ । ताजा अण्डा पानीमा डुब्छ र कचौराको भित्तामा टाँसिन्छ ।

अण्डा केही पुरानो छ भने न पूरा पानीमा डुब्छ, न पूरै उत्रिन्छ । एक साता पुरानो अण्डा यस्तो हुन्छ । यस्तो अण्डा छिटो खाइहाल्नुपर्छ ।

अण्डाको पातलो भाग तल र मोटो भाग बाहिरतिर रह्यो भने यसको अर्थ अण्डा कम्तिमा तीन साता पूरानो हो ।

Sana Kishan

यदि अण्डा पानीको सतहमा तैरिन लाग्यो भने बुझ्नुस् अण्डा खराब भइसकेको छ । यस्तो अण्डा खानु हुँदैन ।

हल्लाएर हेर्नुस्

अण्डालाई कान अगाडि लैजानुस् र हल्लाउनुस् । यदि आवाज आयो भने बुझ्नुस् अण्डा बिग्रिसकेको छ । कुनै आवाज आएन भने खानयोग्य हुन्छ ।

कतै भ्रुण त बनेन ?

अण्डामा भ्रूणको विकास भएको हुन सक्ने डर धेरैलाई हुन्छ । तर, ठूलो परिमाणमा हुने अण्डा उत्पादनमा कुखुरा कुखुरीको सम्पर्कमा हुँदैनन् ।

सानो र्फममा भने कुखुरा र कुखुरीबीच सम्पर्क भएको हुन सक्छ । र, अण्डामा भ्रुणको विकास भएको हुन सक्छ ।

चिसो अण्डामा कुनै प्रकारको निषेचन हुँदैन । दुवै प्रकारका अण्डामा पौष्टिक तत्व समान हुने भएकाले यसको सेवनमा कुनै जोखिम हुँदैन । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.