सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुधः किन, कति र कसरी पिउने ?

अहिले दुधमा बेसार मिसाएर पिउने ट्रेन्ड छ । दुध र बेसार दुबैमा औषधिय गुण हुन्छ । दुधलाई बेसारसँग, महसँग मिश्रण गरेर पिउन सकिन्छ, जसले स्वास्थ्यमा खास फाइदा गर्छ । त्यसो त दुध सेवन आफैमा फाइदाजनक हुन्छ ।

क्यान्सर प्रतिरोधी गुण

केहि अध्ययनबाट थाहा भएको छ कि, दुध सेवनले क्यान्सरको संभावना पनि कम हुन्छ । दुधमा क्याल्सियम, भिटामिन डि र संयुग्मित लिनोलिक एसिडको मात्रा उच्च हुन्छ । दुध सेवन गर्दा कोलोरेक्टल, स्तन र पेटको क्यान्सरको जोखिम कम हुन्छ । केहि अध्ययनबाट यो सुझाव दिइएको छ कि, कम चिल्लो भएको दुधले डिम्बग्रन्थी क्यान्सरको खतरा कम हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

१. दाँत एवं हड्डीलाई क्यल्सियम आवश्यक हुन्छ, दुध क्याल्सियमको राम्रो स्रोत हो । हरेक दिन तातो दुध सेवन गर्दा दाँत र हड्डी बलियो हुन्छ । दुधमा पर्याप्त मात्रामा प्रोटिन पनि हुन्छ । दिनको सुरुवात एक गिलास दुधबाट गर्नुपर्छ, दिनभरलाई उर्जा मिल्छ । साथै यसले मांशपेशीको विकासमा पनि सहयोग गर्छ ।

Dirghayu Ads

२. यदि कब्जियतको समस्या छ भने, तातो दुध पिउनुपर्छ । यो पाचन प्रणालीको लागि एकदमै फाइदाजनक हुन्छ । यसले औषधीकै रुपमा काम गर्छ ।

३. यदि तपाई काम गरेको क्रममा चाडै थाक्नुहुन्छ भने, तातो दुध पिउन सुरु गर्नुहोस् ।

४. दुध सेवन गर्दा शरीरमा पानीको अभाव पनि हुँदैन । वर्कआउट गरेपछि दुध पिउनुपर्छ, पोषण मिल्छ ।

५. दुधको सेवनले गला पनि राम्रो हुन्छ । यदि गलामा कुनै समस्या छ भने दुधमा थोरै मरिच मिसाएर पिउनुहोस् ।

६. कार्यक्षेत्रबाट घर फर्किएपछि थकान र तनाव हटाउनका लागि तातो दुध पिउनुहोस् । दुध सेवनले दिनभरको तनाव समेत कम हुन्छ ।

७. राती मनतातो दुध पिउनु राम्रो हो । केहि अध्ययनबाट थाहा भएको छ कि, हल्का तातो दुध पिउनाले राम्रो निन्द्रा लाग्छ ।

८. यदि शरीरमा चोटपटक लागेको छ भने दुधमा बेसार मिसाएर पिउनुपर्छ । यसमा एन्टि ब्याक्टेरियल गुण हुन्छ ।

Sana Kishan

९. शरीरको विभिन्न भाग दुखेको छ भने बेसार मिसाएको दुध पिउनुपर्छ ।

१०. दुध सेवनले छालामा प्राकृतिक चमक आउँछ । बेसार मिसाइएको दुध सेवन गर्दा एन्टिसेप्टिक एवं एन्टि व्याक्टेरियल हुने भएकाले छालाको समस्या कम हुन्छ । यसले गर्दा छाला सफा र चम्किलो हुन्छ ।

११. चिसोमा वा कफको समस्यामा बेसार मिसाएको दुध लाभदायक हुन्छ । तातो दुध सेवन गर्दा फोक्सोमा जम्मा भएको कफ पनि निस्कन्छ ।

१२. बेसार मिसाइएको दुध सेवन गर्दा शरीरमा ब्लड सुगरको मात्रा कम हुन्छ । तर, धेरै मात्रामा बेसारयुक्त दुध सेवन गर्दा शुगरको लेभल एकदमै कम हुनसक्छ ।

राती दुध पिउनु ठीक कि बेठीक ?

कतिपयले राती दुध पिएर सुत्ने गर्छन् । यदि तपाईको पनि यस्तो बानी छ भने, केहि शारीरिक समस्या आउन सक्छ । दुध सेवन गरेपछि लगत्तै सुत्नु हुँदैन । सुत्नुभन्दा दुई वा तीन घण्टाअघि दुध पिउनुहोस् ।

एसिड बन्छ

हाम्रो शरीरमा अम्ल र क्षार नियन्त्रण गर्नु एकदमै आवश्यक हुन्छ । तर, दुध र दुधजन्य उत्पादनले अम्ल बढाउँछ । त्यसैले अधिक दुध सेवन गर्दा शरीरमा अम्लको मात्रा बढाउँछ ।

दुधमा चिनी

कतिपयले स्वादको लागि दुधमा चिनी मिसाउने गर्छन् । तर, यसरी दुध सेवन गर्दा त्यसले शरीरमा जलन र अक्सिडेटिभ स्ट्रेसको समस्या हुन्छ । साथै यसको कारण कोशिकालाई नोक्सान पनि पु¥याउँछ । त्यसैले दुध सेवन गर्नुहुन्छ भने, चिनीको मिश्रण पटक्कै नगरौ ।

हड्डी भाँचिने भय

दुधले हड्डीलाई बलियो बनाउँछ । तर, नियन्त्रित मात्रामा सेवन गर्दा मात्र । केहि अध्ययनहरुबाट यो तथ्य बाहिर आएको छ कि, दिनमा तीन गिलासभन्दा बढी दुध सेवन गर्नुहुन्छ भने हड्डी भाँचिने भय हुन्छ । साथै धेरै दुध पिउनेको मृत्युको खतरा पनि बढी हुन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.