डडेल्धुरा– अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगर रहेकी छन्।
निमोनियाको आशंकामा बिहीबार बिहान ५ बजे अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।
बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टा हुँदासम्म डाक्टर नआएपछि मृतक बालिकाका आफन्तले डडेल्डधुरा प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल ब्यवस्थनपन समितिका अध्यक्षसम्मलाई गुहारेको बताएका छन्।
डाक्टरको लापरबाहीले बालिकाको मृत्यु भएको आफन्तहरूको आरोप छ। अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतक बालिकाको आफन्तले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टको सरुवा हुनुपर्ने माग गर्दै शव उठाएका छैनन्।
अस्पतालमा डाक्टर हुँदाहुँदै पनि बिरामी बालिकाको उपचारका लागि नआउँदा बालिकाको ज्यान गएको स्थानीय राजेन्द्र थापाको भनाइ छ।
राति नै श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएकी यमुनालाई अस्पतालले आईसियूमा राखेको अस्तालका निमित्त मेसु भट्टको दाबी छ। गोदावरी न्युज बाट सभार







Discussion about this post