सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको धुलिधार गाउँमा खानेपानीको चरम समस्या

147
Sana Kishan

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ धुलिधारमा खानेपानीको चरम समस्या भएको छ । गाउँमा खानेपानीको अभाव हुँदा एक घण्टाको पैदल दुरीबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रही आएको स्थानीय दीपक बिष्टले बताए । गाउँमा आउने खानेपानी योजना जीर्ण भएपछि खानेपानीको समस्या भएको उनले बताए । उनले भने ‘खानेपानीका लागि निकै समस्या भएको छ । गाउँलेहरु खानेपानीका लागि एक डेढ घण्टाको पैदल दुरीमा जानुपर्ने बाध्यता रहेको छ ।’

२०४२ सालमा बनेको खड्कीगाड खानेपानी योजना जीर्ण भएपछि अहिले गाउँमा खानेपानीको चरम अभाव भएको अर्का स्थानीय लोकेश बिष्टले बताए । खानेपानीको जोहो गर्न निकै मुस्किल भएको उनले बताए । घरको एकजनाले खानेपानीको जोहो गर्न टाइम दिनुपर्ने उनले बताए ।

Arus
Karnali Traders

खानेपानीको व्यवस्थापन गर्न महिलाहरुलाई झन् गाह्रो हुने गरेको स्थानीय लक्ष्मी बिष्टले बताइन् । धुलिधार गाउँमा रहेका एक÷डेढ सय घरघुरीलाई खानेपानीको निकै समस्या रहेको उनले सुनाइन् ।

चुनावका बेला आएका नेताहरुलाई पनि आफूहरुले खानेपानीकै समस्या बारेमा जानकारी गराएको र अब नयाँ नेतृत्व समेत आईसकेकाले खानेपानीको समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।

गाउँमा देखिएको खानेपानी समस्या समाधानका लागि आफूले पहल गर्ने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले प्रतिबद्धता व्यक्त गरेको स्थानीय दीपक बिष्टले बताए । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.