सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पाठ्यपुस्तकको अभाव, विद्यालयमा पठनपाठन गर्न समस्या

शैक्षिक सत्र शुरु भएर विद्यालय खुलेपनि बैतडीमा पाठ्यपुस्तकको अभावमा पठनपाठन सुचारु हुन सकेको छैन् । विद्यालयहरुमा विद्यार्थी भर्ना गरिएपनि पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अघि बढाउन नसकिएको विद्यालयहरुले जनाएका छन् ।

पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अघि बढाउन मुस्किल भएको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए । उनले भने ‘जहिले पनि पाठ्यपुस्तक अभावले पठनपाठनमा समस्या हुने गरेको छ । शैक्षिक सत्र शुरु भएपछि मात्रै पाठ्यपुस्तकको सोधीखोजी गर्ने बानी छ । यसले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा प्रभाव पारेको छ ।’

Sana Kishan

बैतडीका सामुदायिक विद्यालयहरुका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भएपनि अहिले सम्म पाठ्यपुस्तक जिल्लामा आइनसकेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । एक दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने आफूले जानकारी पाएको अवस्थीले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

एक हप्ताभित्र जिल्लामा पाठ्यपुस्तक वितरण हुन सक्ने इकाइ प्रमुख अवस्थीले बताए । चुनावका कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको आफूहरुलाई जानकारी आएको उनले बताए ।

Dirghayu Ads

बैतडीमा ५ सय ४० सामुदायिक विद्यालयहरु रहेका छन् । सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा पठनपाठन कार्य अघि बढ्न सकेको छैन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.