बैतडी – जिल्लाको पाटन नगरपालिकामा ३ मा वडा अध्यक्ष करुणाकर भट्टसहित वडा सदस्यहरुले वडा भित्रका ७ वटा विद्यालयमा आफ्नो पारिश्रमिकबाट ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने भएका छन् ।
पदभार ग्रहण गर्दै भट्टसहित वडा सदस्यहरुले पाउने पारिश्रमिकबाट वडाभित्रका ७ वटा बिद्यालयमा कार्यकालका अवधिमा ५० हजार रुपैयाँका दरले अक्षयकोष स्थापना गर्ने निर्णय गरेका हुन् ।
वडाध्यक्ष भट्टले भने, ‘विद्यालयले गरिब, जेहेन्दार तथा उत्कृष्ठ बिद्यार्थीहरुलाई छात्रबृती तथा पुरस्कारको रुपमा सहयोग गर्ने छन् ।’ यसैगरी वडा कार्यालयबाट प्रदान गरिने सेवा घुम्ति शिविरबाट समेत प्रदान गर्ने बताएका छन् । गोदावरी न्युज बाट सभार








Discussion about this post