बैतडी– बैतडीको पुर्चाैडी नगरपालिकाको एक वडाले श्रीमती गुमाएका विदुर पुरुषहरुलाई मासिक १ हजारका दरले भत्ता दिने भएको छ । बैशाख ३० सम्पन्न स्थानिय निर्बाचित जनप्रतिनिधीले पदभार ग्रहण गरे लगत्तै यस्तो निर्णय गरेका हुन ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा नम्बर ७ का अध्यक्ष धिरेन्द्र बहादुर बमले पदभार ग्रहण गर्दै कोटिलामा विदुर पुरुषहरुलाई भत्ता दिने बताएका छन् ।
मासिक एक हजारका दरले भत्ता उपलब्ध गराईने उनको भनाइ छ । यस्तै कमजोर आयस्तर भएका १५ जना विद्यार्थीहरुलाइ वडा अध्यक्षले पाउने तलब भत्ताबाट पोसाकको व्यवस्था समेत गरिने बताइएको छ । गोदावरी न्युज बाट सभार








Discussion about this post