सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा ई –पासपोर्ट सेवा सुरु

बैतडीमा विद्युतीय राहदानी ई –पासपोर्ट सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले बुधबारबाट ई –पासपोर्ट सेवा सुरु गरेको हो । बैतडीमा बुधबारबाट विद्युतीय राहदानी ई –पासपोर्ट सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

अब वैदेशिक रोजगारिमा जानेहरुले जिल्ला प्रशासन कार्यालय बैतडीमा १५ दिन भित्र राहदानी पाउने उनले बताए । दैनिक १० देखि १५ जनाले ई –पासपोर्ट सेवा पाउने उनको भनाइ छ । उनले भने ‘हामिले ई –पासपोर्ट सेवा सुरु गरिसकेका छौँ , अव वैदेशिक रोजगारिमा जानेहरुले १५ ÷२० दिन भित्रै जिल्लामै विद्युतीय राहदानी पाउँछन् ।’ विद्युतीय राहदानी ई –पासपोर्ट बनाउनेले १० हजार शुल्क तिर्नुे पर्ने बताइएको छ ।

Sana Kishan

ई –पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनु पर्ने र राहदानी बनाउन काठमाण्डौँ जानु पर्ने यहाँका नागरिहरुको बाध्यता हटेको छ । यहाँबाट काठमाण्डौँ गएर राहदानी बनाउनु पर्दा बैतडी बासीहरुलाइ निकै अप्ठारो र सारै खर्चिलो हुने गरेकोमा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भारतीले बताए ।

World Link Ads
Mahakali Polytechnic

यस्तै विद्युतीय राहदानी ई –पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने उनले बताए । उनले भने ‘एउटा लिंक हुन्छ हामि वयबसाइटमा पनि राख्दै छौँ, घरबाटै पनि भर्न सकिन्छ ।’ राहदानी बनाउन तीन महिना लाग्ने गरेकोमा अब भने १५ दिनमै जिल्लामा राहदानी आइपुग्ने भएको हो । सगुन खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.