Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन नुन थोरै खानुपर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १०, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नियमित रूपमा प्रयोग गरिने नुन वा सोडियम क्लोराइड शरीरको स्वस्थ कार्यका लागि धेरै महत्वपूर्ण हुन्छ । सोडियमले हाम्रो शरीरलाई सञ्चालन र नियन्त्रणमा राख्न ठूलो भूमिका खेल्छ । जब हामीसँग डिहाइड्रेसन हुन्छ तब शरीरमा नुनको अभाव हुन्छ । यसको कारण यो हुन्छ कि घण्टौंसम्म घाममा खेल्दा, खेलाडीहरूमा डिहाइड्रेसन हुन्छन् र उनीहरूमा मांसपेशीको दुखाइ जस्ता समस्या निम्तिन सक्छ ।

डिहाइड्रेसनबाट राहत पाउनको लागि प्रायः नुन र चिनीको घोललाई लिन चिकित्सकहरू सुझाव दिन्छन् । जबकि सोडियम शरीरको सामान्य प्रक्रियाहरूको लागि आवश्यक छ, यसको अधिक प्रयोग पनि शरीरको लागि हानिकारक हुन सक्छ । उच्च रक्तचाप र हृदय रोगबाट पीडित व्यक्तिहरूलाई थोरै मात्रामा सोडियम प्रयोग गर्न सल्लाह दिइन्छ । बिरामी नभएकाहरूलाई पनि कम सोडियम प्रयोग गर्न चिकित्सकहरू सुझाव दिन्छन् ।

सोडियम कति आवश्यक छ शरीरलाई ?

कति मात्रामा सोडियम प्रयोग गर्ने र कति गर्दा त्यसको मात्रा धेरै हुन्छ भन्ने जानकारी आवश्यक छ । कसरी यसको नियन्त्रण गर्ने र कसरी यसका तत्वहरूले हाम्रो शरीरमा भूमिका खेल्छन् ? यो जान्नु सबैलाई महत्वपूर्ण कुरा हो ।

रेस्टुरेन्टमा खाना खान जाँदा नुनिलो बदाम वा आलुका परिकारको साथमा पानी वा चिसो वा त्यस्तै पेय पदार्थ दिने गरिन्छ । यसको कारण यस्ता खानाले तिर्खा बढाउँछ । सोडियमले शरीरमा पानी प्रतिशोषण क्षमता बढाउँछ । जसका कारण शरीरमा तिर्खा लाग्छ र हामीलाई पर्याप्त मात्रामा पानी पिउन यसले सहयोग पनि गर्छ । हाम्रो शरीरमा पर्याप्त मात्रामा पानी हुँदा शरीरले ठीकसँग काम गर्छ । जसले हाम्रा रक्तचापलाई सामान्य गराउन पनि मद्दत गर्छ । नुनले मांसपेशीमा घर्षण बढाउँछ र मान्छेलाई विभिन्न किसिमको दुखाइबाट जोगाउन मद्धत गर्छ । नुनले खानाको माध्यमबाट शरीरको पाचन प्रक्रियामा सहयोग पु¥याउँछ ।

यही कारणले गर्दा हो कि सोडियमको कमी अर्थात् हाइपोनेट्रिमियाको खतरनाक अवस्था पनि सिर्जना हुन सक्छ । यसले मांसपेशीमा दुखाइ र कठोरता, अचानक रक्तचापमा आउने कमी, चक्कर लाग्नु, भ्रम र मानसिक स्थिति खराब हुन सक्छ । यतिमात्रै नभएर कोही कोही व्यक्ति त कोमामा जाने वा मृत्युको शिकार समेत बन्न सक्छ । अत्यधिक नुनको अभावमा कोशिकामा सोडियमका असन्तुलन बढेर पाचन प्रणालीमा असर पर्न सक्छ ।

यस्तो अवस्थामा, हाम्रो शरीरलाई सधंै काम गर्नको लागि उचित मात्रामा सोडियम र पानीको प्रयोग गर्नु आवश्यक छ । तर धेरै नुनले तपाईंको शरीरको सन्तुलनलाई गडबड गर्न सक्छ । यदि तपाईंको मृगौलाले स्वस्थ रूपमा काम गरिरहेको छ भने तपाईंको शरीरबाट अतिरिक्त सोडियम हटाएर काम गरिरहेको हुन्छ ।

कति सोडियम प्रयोग गर्ने ?

अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार दिनको २३०० मिलिग्रामभन्दा धेरै सोडियम प्रयोग गर्नुहुँदैन । सोडियमले शरीरमा पानीलाई नियन्त्रण गर्ने गर्छ । सोडियमको मात्रा शरीरमा अधिक भयो भने पानी प्रतिधारण क्षमता शरीरको बढ्छ । यसले हाम्रो रक्तनसाहरूमा अतिरिक्त दबाब सिर्जना गर्छ । जसका कारण उच्च रक्तचाप निम्तिन सक्छ ।

नुन प्रयोगमा नियन्त्रण

हाम्रो नियमित आहारमा प्रयोग गरिएको सामान्य नुनबाट शरीरलाई आवश्यक पर्ने सोडियमको परिपूर्ति हुन्छ । हाम्रो खानामा नुन छर्कने बानी छ । नियमित खानाबाहेक हामी उमालेको वा अम्लेट बनाएर अण्डा खाँदा नुन छर्कन्छौं, फल सलाद र कागती पानीमा नुन थप्छौं । जसले शरीरमा अतिरिक्त सोडियमको भण्डारण गर्छ । हामी सबैले स्वास्थ्य समस्याहरूबाट आफूलाई जोगाउन थोरै मात्रामा नुन प्रयोग गर्नुपर्छ ।

शरीरलाई चाहिने सोडियमको मात्रा केवल २ खाना खाएर पूरा हुन्छ । तर हामी आवश्यकभन्दा धेरै नुन प्रयोग गर्छौं । सत्य यो हो कि हामीमध्ये धेरैजना यसबारे सचेत छैनौं र यस्तो अवस्थामा धेरैले चिन्ता पनि लिँदैनन् । अनलाइनखबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व