

महेन्द्रनगर । बैतडीमा २२ वर्षीय युवक वडाध्यक्ष पदमा विजयी भएका छन् ।
तपेन्द्र विष्ट मेलौली नगरपालिका–८ मा वडाध्यक्षमा विजयी भएका हुन् ।

नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका तपेन्द्रले नेपाली कांग्रेसका शम्भु विष्टलाई ८० मतले हराएका हुन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा खसेको ७८९ मतमध्ये उनले ३३८ मत ल्याएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी विष्टले २५८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जारी मतगणनाको सार्वजनिक मत परिणामअनुसार तपेन्द्र अहिलेसम्मकै देशकै कान्छो वडाध्यक्ष हुन् ।
उता बझाङको बुङ्गल नगरपालिका– ९ मा २३ वर्षीय हरिश सिंह पनि वडाध्यक्षमा विजयी भएका छन् ।
कांग्रेसले वडाध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उतारेका सिंहले ६८४ गरेका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० २२ वर्गाीय मनोजसिंह भण्डारी वडा सदस्यमा विजयी भएका छन् । दैनिक सञ्चार बाट सभार
