Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कपालको स्याहार गर्न उपयोगी टिप्सहरू !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कपाललाई व्यक्तिको सुन्दरतासँग पनि जोडेर हेर्ने गरिन्छ । राम्रो र स्वस्थ कपाल सबैको चाहनाको कुरा हो । हामी टेलिभिजनमा विभिन्न विज्ञापन हेर्छौ जसमा बलियो, राम्रो र बाक्लो कपाल देखाएर कपालमा लगाउने विभिन्न उत्पादनको विज्ञापन गरिएको हुन्छ । त्यस्तो देख्दा त्यस्तै कपालको रहर लाग्नु स्वभाविक हो । केही कुरामा ध्यान दिन सके कपाललाई राम्रो र स्वस्थ बनाउन सकिन्छ ।

कपाल नियमित नुहाउने
कपाल नियमित रूपमा नुहाउनाले कपाल फोहोर र धेरै चिल्लो हुन पाउँदैन । कपाल हप्तामा कतिपटक नुहाउने भन्ने कुरा कपालको प्रकारले पनि निर्धारण गर्छ । यदि कपाल धेरै नै सुक्खा छ भने हप्तामा २ पटक भन्दा नुहाउनु हुँदैन । धेरै नै चिल्लो हुने कपाल भने एक दिन बिराएर नुहाउनु राम्रो हुन्छ ।

रसायन नभएको स्याम्पुको प्रयोग
वातावरणमा रहेका कपाललाई नोक्सानी गर्ने सबै तत्त्वलाई नियन्त्रण गर्न सक्दै सकिँदैन । तर केही कुरामा भने नियन्त्रण गर्न सकिन्छ जस्तो की हामीले प्रयोग गर्ने स्याम्पु । कपाल नुहाउँदा रसायनको मात्रा एकदम कम अथवा रसायन नै नभएको स्याम्पु प्रयोग गर्नुपर्छ । यस्तो स्याम्पु कपालको लागि स्वस्थ मानिन्छ । आफ्नो कपालको प्रकार अनुसार सुहाउने स्याम्पु प्रयोग गर्नुपर्छ । सल्फेट र पराबेन स्याम्पुमा कपालको संरक्षण र नरम कपालको लागि भनेर प्रयोग गरिएको हुन्छ तर दीर्घकालमा यी तत्त्वले छाला हानी गर्ने र हर्मोनजन्य परिवर्तनको सम्भावना उच्च हुने बनाउँछ ।

कपाललाई प्राकृतिक तरिकाले सुकाउने
कपाल सुकाउने मेसिनले कपाललाई सुन्दर त देखाउँछ तर तापद्वारा कपाललाई स्टाइल दिँदा त्यसले कपालका जराहरूलाई क्षति पु¥याउँछ । यदि कपाललाई स्टाइल दिनैपर्ने महत्त्वपूर्ण कार्यक्रम छ भने मात्र कृत्रिम तरिकाले वा मेसिनले कपाल सुकाउने र स्टाइल दिने काम गर्नुपर्छ । कपाललाई नुहाइसकेपछि हावामा अथवा नरम तौलियाले पुछेर सुक्खा बनाउनुपर्छ । चिसो कपाल काइँयोले कहिल्यै कोर्नु हुँदैन । कपाललाई तौलियाले बेस्सरी रगेट्नु पनि हुँदैन । त्यसो गरेमा कपालमा क्षति पुग्छ ।

कपालमा राम्रोसँग तेल लगाउने
कपाल नुहाउनुभन्दा पहिले कपालमा राम्रोसँग तेल लगाएर मसाज गर्नुपर्छ । यसले कपालको जरामा रक्तसञ्चार गराउन मद्दत गराउनुको साथै मांसपेशीमा आराम महसुस गराउने, कपालमा चमक ल्याउने र कपाललाई आवश्यक पोषण दिने काम गर्छ । कपाल मसाज गर्न नरिवलको तेल, बदामको तेल, ओलिभ तेल, क्यास्टर तेल, तोरीको तेल प्रयोग गर्न सकिन्छ । कपालमा खनिज तेल भने प्रयोग गर्नु हुँदैन । मनतातो तेललाई कपालमा बिस्तारै लगाएर तौलियाले केही समय टाउको ढाकेर छोडिदिनुपर्छ । स्याम्पु लगाउनु पहिले सुतीको नरम कपडाले कपालको तेल सोस्नुपर्छ । यसले कपालबिच घर्षण भई कपाल टुक्रिने समस्याबाट बचाउँछ ।

नियमित रूपमा कपाल छाँट्ने
कपालमा हाँगा फाट्ने समस्या समाधान गर्न प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ । तनाव, प्रदूषण, धुवाँ, तापले स्टाइल दिनु जस्ता कारणले कपालमा हाँगा फाट्ने र कपाल क्षति हुन्छ । कपाल छाँट्नाले जादु भएजसरी कपाल त बढ्दैन तर कपाल स्वस्थ भने पक्कै पनि हुन्छ ।

प्रशस्त पानी पिउने
आन्तरिक हाइड्रेसन र बाहिरी हाइड्रेसनको सन्तुलनले मात्र कपाललाई स्वस्थ बनाउन सक्छ । यसका लागि हाइड्रेटिङ हेयर केयर उत्पादन प्रयोग गर्न सकिन्छ । तर दैनिक कम्तीमा पनि ३ लिटर पानी पिउनाले कपाल प्राकृतिक रूपमा नै राम्रो र स्वस्थ हुन्छ ।

स्वस्थ खाना खाने
कपालको हेरचाहको लागि दोहो¥याउँदै गर्दा हामीले के खाने गर्छौ भन्ने छुटाउनु हुँदैन । हाम्रो कपाल प्रोटिन र एमिनो एसिडले बनेको हुन्छ । कपाल वृद्धि हुन र व्यवस्थापन हुन प्रशस्त पोषणको आवश्यकता पर्दछ । अण्डा, बेरी, बदाम, माछा, हरियो सागपात, सखरखण्ड स्वस्थ कपालको लागि खानै पर्ने खाना हो ।

टोपी प्रयोग गर्ने
जसरी सूर्यबाट आउने हानिकारक किरणले छालालाई क्षति पु¥याउँछ त्यसरी नै यसले कपाललाई पनि क्षति पु¥याउँछ । सूर्यको किरणले कपालको प्राकृतिक चिल्लोलाई सोसेर कपाल सुक्खा बनाइदिन्छ । यसले कपाल बिग्रिन्छ । त्यसबाट बच्नको लागि घाममा निस्कँदा ह्याट, क्याप प्रयोग गर्नुपर्छ । मकालु खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व